कुकुरले उद्दारमा यसरी देखायो चमत्कार (भिडियोसहित)

काठमाडौं, बैशाख १८–शनिबार आएको विध्वङ्सकारी भुकम्पका कारण घर भत्किएपछि ६ दिनदेखि भग्नावशेषमा पुरिएकी कृष्णदेबी खड्का जिवितै भेटिइन् । उनी जिवितै रहेको पत्तो उद्दारमा खटिएका सुरक्षाकर्मीले लगाउन सकेनन् बरु कुकुरले पत्तो लगायो । राजधानीको नयाँ वषपार्क क्षेत्रमा रहेको एक गेष्ट हाउसमा पुरिएकी खड्कालाई अमेरिकी उद्दार टोलीले ल्याएको तालिमप्राप्त कुकुरले जिवितै रहेको पत्तो लगाएको थियो । तालिमप्राप्त सो कुकुर भग्नावशेषमा सुघ्दै जाने क्रममा मानिस जिवितै देखिए उद्दार टोलीलाई संकेत दिन्थ्यो ।


 सोहि अमेरिकी सहित सशस्त्र र अन्य विदेशी राष्ट्रबाट आएका तालिमप्राप्त कुकुरले मानिस ज्युँदै रहेको स्थान पत्ता लगाएपछि त्यसको आम मानिसले चर्चा गर्न लागेका छन् । सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरले समेत मानिस ज्युँदै रहेको पत्तो लगाएर मानिसको जिवितै उद्दार गर्न सघाएको थियो । नयाँ बसपार्कसँगै रहेको हिडेन गेस्ट हाउसमा एक सय बीस घन्टाअघि फसेका १५ वर्षीय पेम्बा लामालाई रिया नामक कुकुरले जीवित नै रहेको सङ्केत दिएपछि उनलाई उद्दार गर्न टोली सफल भएको हो ।

त्यसो त त्यसअघि फ्रान्सेली टोलीसहित अन्य टोलीले सो गेस्ट हाउसमा जीवित व्यक्ति नभएको निष्कर्ष निकालेका थिए । अत्याधुनिक उपकरण भएका टोलीले समेत पत्ता लगाउन नसकेको कुरा कुकुरले पत्ता लगाएपछि चर्चा चुलिएको हो । अहिले नेपाली सेना, नेपाल प्रहरीसहित अमेरिका नेदरल्यान्ड्स, पोल्यान्ड, फान्सलगायतका देशबाट आएका उद्धार टोलीको विशेष तालिमप्राप्त कुकर उद्धारका लागि खटिएका छन् ।

0 comments

Write Down Your Responses