पूर्व राजा शाह नयाँदिल्ली प्रस्थान

Former King Gyanendra at TIA
काठमाडौँ, नेठ ३– पूर्व राजा ज्ञानेन्द्र शाह भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नयाँदिल्लीमा उपचारको क्रममा रहेकी पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्था बुझ्न आज त्यसतर्फ गएका हुन् । पूर्व रानी शाहको नयाँदिल्लीस्थित फोर्टिज स्कट हर्ट इन्स्टिच्युटमा तीन सातादेखि उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको बताइएको छ । शाहको साथमा पूर्व युवराज्ञी हिमानी शाहसमेत गएको हमानीको सञ्चार सहयोगी अस्मिता भण्डारीले जानकारी दिइन् ।

0 comments

Write Down Your Responses