महिलाद्वारा पुरुषको अपहरण, बलात्कार गरेपछि विर्य चोरी
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
समाचार अनुसार दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथस्थित क्वाजाखेले सहरबाट ३ जना महिला मिलेर एक ३३ वर्षे युवकको अपहरण गरे ।
कालो कारमा आएका ३ जना महिलाले सडकमा रहेका युवकलाई बाटो सोधे । युवले महिलाहरुले सोधे बमोजिमको बाटो बताइदिए । तत्कालै एकजना महिला हातमा बन्दुक बोकेर कारबाट ओर्लिइन् । ती महिलाले युवकलाई बन्दुक ताकेर कारभित्र जान निर्देसन दिइन् । कन्चटमा बन्दुक तेर्साइएका ती युवक कारभित्र छिरेपछि महिलाहरुले कार कुँदाएर ५ सय किलोमिटर टाढा पूराए ।त्यसपछि कार रोकेर तिनैजना महिलाले ती युवकलाई यौन सम्पर्कका लागि उत्तेजित बनाउन थाले । तर युवकमा उत्तेजना नआएपछि उनीहरुले एउटा बोतलबाट केही चिज निकालेर रक्सीमा मिलाए अनि ती युवकलाई खुवाए ।
रक्सीमा नसालु पदार्थ खुवाएपछि ती युवकमाथि युवतीहरुले पटक पटक बलात्कार गरे । अनि युवकले स्खनल गरेको विर्य प्लास्टिक ब्यागमा संकलन गरे । त्यसरी संकलित विर्य कुलर बक्समा राखेपछि युवकलाई कारबाट बाहिर हुत्याएर महिलाहरुले कार अगाडि बढाए ।
प्रहरीले युवकको अपहरण गरी बलात्कार गरेर विर्य चोर्ने महिलाको खोजी गरिरहेको बताइएको छ ।
स्मरण रहोस् केही समयअघि दक्षिण अफ्रिकाकै गटेंगमा एकजना महिलाले पुरुषलाई नसालु पदार्थ खुवाएर स्खलित गराइ विर्य चोरेको घटना सार्वजनिक भएको थियो ।साभार: कुविक एनपी न्युज
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
0 comments
Write Down Your Responses