एउटा युवकको मृत्युले हल्लाएको अमेरिका
अमेरिकाभरीका सञ्चारमाध्यमहरू यतिखेर नेपालमा गएको भूकम्पमा केन्द्रित भएका थिए। र, यो रोकिने क्रममा पनि थिएनन्। तर, अमेरिकाको वाल्टीमोर सिटीमा भएको आन्दोलन चर्किएपछि नेपालको भूकम्प यहाँका सञ्चार माध्यममा ओझेल पर्यो।
कालाजातीका युवक ग्रे सफर्डको हिरासतमा भएको मृत्यु प्रकरणले सिंगो अमेरिकी राजनीति ततायो।
स्पाइनलको घाउका कारण २५ वर्षीय ग्रेको मृत्यु भएको प्रहरीले सार्वजनिक गर्यो। तर, कालाजातिलाई यो कुराले विश्वास दिलाउन सकेन र, आन्दोलनले चर्को रूप लियो। यसकै कारण अमेरिकाको मेरिल्याण्डमा कर्फ्यू लागू गरीयो। १ सय ५० भन्दा बढी सवारी साधनहरू जलाइए। लुटपाट तथा हुलदंगाका घटनाहरुले सिंगो अमेरिकालाई हल्लाइदियो लगातार एकसातासम्म।
स्थानीय सरकारले वाल्टीमोर सिटीमा राति १० बजेबाट बिहान ५ बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गर्यो। अहिले ग्रेको मृत्युको आरोप लागेका ६ जना प्रहरीमाथि अनुसन्धान जारी छ।
अप्रिल १२ को बिहान करिब साढे ९ बजे बाल्टिमोरबाट ग्रे पक्राउ परेका थिए। ४ वटा साइकलमा रहेका प्रहरीलाई शंका लागेपछि उनलाई पक्राउ गरीएको थियो। पक्राउ गर्ने क्रममै उनलाई मेरूदण्डमा चोट लागेको बताइएको थियो। तर, ग्रेका साक्षीले बताए अनुसार प्रहरीले समातेर लगिसकेपछि उनी राखिएको प्रहरी हिरासतमा पिटेको जस्तो आवाज आइरहेको थियो।
उनको स्वास्थ्य नाजुक भएपछि युनिभरसिटी अफ मेरील्याण्ड ट्रोमा सेन्टरमा लगिएको थियो। मेरूदण्डको गरिएको दोहोरो शल्यक्रियाका कारण उनी कोमामा गए। सोहिदिन ग्रेका बाबुले ‘यो कुनैपनि कालाजातिलाई हुन सक्छ, तिमीहरुलाई पनि आक्रमण हुन सक्छ’ भन्ने भाषण गरेपछि कालाजातिको बढी वसोवास रहेको वाल्टिमोरले आन्दोलनको रूप लग्यो। जसमा नेपालीहरू पनि प्रभावित भए।
कलाकार प्रेमराजा महतले बताएअनुसार वाल्टीमोरसीटी वरिपरीमात्र करिब १० हजार नेपालीहरू बसोवास गर्छन्। बाल्टिमोरमा बसेर ब्यापार ब्यवसाय पनि गरिरहेका नेपालीहरू यसको प्रत्यक्ष असरमा परे।
२७ तारिकमा ग्रेको अन्तिम संस्कारभन्दा अगाडि सुरुभएको वाल्टिमोरको हिंसात्मक आन्दोलनले ४० माइलको दूरीमा रहेको ह्वाइहाउसलाई पनि तताउन सफल भयो।
काला जाति भएका कारण मारिएको भन्ने आन्दोलनले ठूलो रूप लग्दै जान थालेपछि मेरिल्याण्डका गर्भनर ल्यारी होगनलाई टाउको दुखाइको विषय बन्यो। र, मेरिल्याण्डमा स्टेट इमजेन्सीको घोषणा गर्दै स्टेट पुलिस तथा राष्ट्रिय सुरक्षाकर्मीलाई तैनाथ गर्ने निर्णय गरे।
अहिले वाल्टीमार विस्तारै सान्त हुँदै गइरहेको भएपनि, एउटा युवकको मृत्युले अमेरिकी सरकारका लागि कति ठूलो टाउको दुखाइको विषय बनेको छ, वाल्टीमोरले देखाएको छ।
source:http://power-khabar.blogspot.com/



0 comments
Write Down Your Responses