दिल्लीबाट पठाएको त्रिपाल बाटैमा ‘गायब

नयाँ दिल्ली, वैशाख ३१ – दिल्लीस्थित नेपाली दुतावासले खरिदेर पठाएको ५ लाख रुपैंयाँ बराबरको ४७३ प्याकेट त्रिपाल जोरपाटीस्थित एक व्यक्तिको गोदाममा भेटिएपछि सुरु भएको अनुसन्धानले बिभिन्न तहमा आशंका जन्माएको छ । खरिद प्रकृया पूरा गरेर गत बैशाख २२ मा दिल्ली दुतावासले पठाएको ४७३ प्याकेट(५१५६ वटा) त्रिपाल रुपन्देही जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेमा एकैचोटी बैशाख २४ गते साँझ काठमाडौं, जोरपाटीमा भेटिएपछि यसमा प्रहरी छानविन सुरु भएको हो । ‘हामीले पाएको सूचनामा जोरपाटी बस्ने आङकाजी तामाङका घरमा त्रिपालको भण्डार पाइयो,’ बौद्ध प्रहरीका प्रमुख डीएसपी नरहरी रेग्मीले  भने, ‘त्यहाँ भने ३७१ प्याकेट मात्रै त्रिपाल भेटियो, बाँकी १०२ प्याकेट हराइरहेको पायौं ।’ त्यसपछि तत्कालै अनुसन्धान क्रममा पक्राउ गरेर सिन्धुपाल्चोक, थकनी–८ मुलघर भएका शेर्पालाई पक्राउ गरेर बौद्ध प्रहरीमा राखिएकोमा उनी पनि मंगलबार आएको दोस्रो ठूलो भुकम्पको हताहत स्थितीमा थुनाबाट भागेका छन् । दिल्लीस्थित नेपाली दुतावासले दिएको जानकारीमा ४७३ प्याकेट त्रिपालसहितको सामग्री रुपन्देही जिल्ला प्रशासनलाई हस्तान्तरण गर्नुपर्ने गरी जिम्मेवारी दिइएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ । 

0 comments

Write Down Your Responses