फेसबुकबाटै सेक्स पार्टनर बनाउन खोज्ने खोरमा
काठमाडौं । बिभिन्न मिति र समयमा सम्भ्रान्त परिवारका महिलाहरुलाई सामाजिक संजाल तथा फेसबुकबाट नक्कली प्रोफाईल बनाई आफ्नै अश्लिल फोटोहरु समेत राखि म्यासेज पठाई रकमको लागि सेक्स पार्टनर बनाउन खोज्ने कार्यमा संलग्न रहेका सिन्धुली जिल्ला जलकन्या गाविस–२ घर भई हाल काठमाडौँ लाजिम्पाट बस्ने ३० बर्षीय राम कुमार स्याङ्गवोलाई महानगरीय अपराध महाशाखाका प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले निजबाट मोवाइल २ थान समेत बरामद गरेको छ । रामलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।


0 comments
Write Down Your Responses