नेपालका लागि भाइबर फेरि निःशुल्क

Viber
नेपालमा मंगलबार गएको शक्तिशाली भुइँचालोपछि भाइबरले फेरि निःशुल्क सेवा सुरु गरेको छ ।
वैशाख १२ को भूकम्पपछि पनि केही दिन निःशुल्क कलको सेवा उपलब्ध गराएको भाइबरले पुनः नेपाली प्रयोगकर्ताले जुनसुकै मुलुकमा गर्ने कल (भाइबर आउट) निःशुल्क गराएको हो ।
टि्वटर मार्फत यसबारेमा जानकारी दिँदै भाइबरले नेपालको पछिल्लो भूकम्पपछि नेपाली प्रयोगकर्तालाई भाइबर आउट निःशुल्क गरिएको र नेपाली प्रयोगकर्ताले जुनसुकै स्थानमा भाइबरबाट कल गर्दा पैसा नलाग्ने उल्लेख गरेको छ ।
यो सँगै भाइबरको प्रयोग गरी नेपाल भित्र र बाहिर गरिने जुनसुकै कल गर्दा पैसा लाग्नेछैन ।

0 comments

Write Down Your Responses