प्लस टु परीक्षा सार्न दबाब

काठमाडौं,जेठ ९ – उच्च मावि शिक्षा परिषद्ले कक्षा १२ कबो परीक्षा यही जेठ २० गते सञ्चालन गर्ने सार्वजनिक गरे पनि उपत्यकाका भूकम्प पीडित विद्यार्थीले आफूहरु मानसिक र शारीरिक रुपमा परीक्षा दिन तयार नरहेको भन्दै असारसम्म सार्न माग गरेका छन् ।
प्लसटु स्वतन्त्र विद्यार्थी आन्दोलनका संयोजक प्रकाश थापाको नेतृत्वमा विद्यार्थीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै भुइँचालोका कारण धेरै विद्यार्थीको घर परिवारमै क्षति पुगेकाले तत्काल परीक्षा अवस्था नरहेको जनाए ।
‘मेरो घर भत्केको छ । क्षतिपूर्ति माग गर्दै अहिले म वडा तथा सरकारी काममै व्यस्त छु,’ बाफलका नविन श्रेष्ठले भने,‘किताब, कापी, नोट केही छैन, यस्तो अवस्थामा परीक्षा दिन सकिँदैन ।’ जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी श्रेष्ठ थप्छन्,‘परीक्षा असारसम्म सारिनुपर्छ ।’ भूकम्पपीडित विद्यार्थीले बिहीबार उपत्यकामा परिषद्विरुद्द नाराबाजी गर्दै प्रदर्शन गरेका थिए,आजको नागरिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses