अमेरिकी हेलिकोप्टर सिन्दूरेडाँडामा दुर्घटनाग्रस्त भेटियो

source- > onlinekhabar.com

१ जेठ, काठमाडौं । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमाना घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ ।
कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको हो ।
dolakha
कालिन्चोकको उत्तरपश्चिम घोर्थलीको सिन्दूरे डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाको चौतारास्थित गोरखनाथ गणका गणपति सुरेशकुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए । सीएनएनले तीन जनाको शव भेटिएको बताएको छ ।
मंगलबारदेखि सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको सो हेलिकोप्टर सिन्धुपाल्चोकको घोर्थली गाविसमा नेपाली सेनाको पैदली फौजले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पैदली फौजले जानकारी दिएलगत्तै नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टर घटनास्थल प्रस्थान गरेको थियो । सेनाको टोलीले कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११ हजार २०० फिटको उचाईमा अवस्थित सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाविसमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला पारेको हो ।
दुर्घटनाग्रस्त क्षेत्रमा पैदली फौज र मौसम अनुकुल भएमा हवाई साधन पुगेर बिस्तृतमा घटनाको विवरण लिने र सबैलाई जानकारी गराइने नेपाली सेनाले जनाएको छ ।
सो हेलिकोप्टरमा २ नेपाली र ६ अमेरिकी नागरिक थिए ।

0 comments

Write Down Your Responses