चेन्जीङ रुममा क्यामेरा जोडेर युवतीको भिडियो खिचेपछि…

नयाँ दिल्ली । यदी तपाईं कपडा ब्राण्डेड कपडाहरुको पसलमा गएर किन्दै चेन्जीङ रुममा गएर फेर्ने गर्नुभएको छ भने सावधान ।भारतको दिल्ली प्रहरीले एक कपडा शोरुमको म्यानेजरलाई पक्राउ गरेको छ, उनले चेन्जीङरुममा कपडा फेर्न पुगेका युवतीहरुको भिडियो बनाएर बेच्ने काम गर्दै आएका थिए ।प्रहरीका अनुसार यी म्यानेजरले चेन्जीङ रुममा लुकाएर मोबाइल राख्दथे अनि युवतीहरुले कपडा फेरेको भिडियो रेकर्ड गर्ने गर्दथे।उनको यो धन्दा धेरै दिन टिक्न सकेन । एक मल्टी नेशनल कम्पनीमा काम गर्ने २३ वर्षीया युवती उनको शोरुममा कपडा किन्न आइन्।

चेन्जीङ रुममा कपडा फेर्दै गर्दा उनले मोबाइल देखिन्, जस्मा भिडियो रेकर्ड भैरहेको थियो । उनले मोबाइल लिइन् र प्रहरीलाई खबर गरिन् ।प्रहरीले छानबिन गर्दा घटना सत्य भएको पत्ता लाग्यो । पुलकित यादव नाम गरेका म्यानेजर लखनउका हुन् । उनले यस्ता सयौं भिडियो तयार पारेर राखेको प्रहरीले पत्ता लगाएको छ ।

source -  >>  http://taja-onlinesamachar.blogspot.com/2015/03/blog-post_364.html

0 comments

Write Down Your Responses