उद्धार र राहतकर्मी बोकेर ७१६ जहाज आए

Pakistan-army
५ जेठ, काठमाडौं । भूकम्पपीडितलाई राहत तथा उद्धार र स्वास्थ्य सेवाका लागि जनशक्ति बोकेर १२ वैशाख १२ बजेदेखि शनिबारसम्ममा कुल सात सय १६ वटा जहाज आएका छन् । त्यसमा सबैभन्दा बढी चीनले एक सय १० वटा जहाज पठाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ४२ वटा देशले चार्टर विमानमार्फत राहत सामग्री पठाएकोनयाँ पत्रिकामा खबर छ ।
नियमति उडानमा पनि राहत सामग्री आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए ।
‘शनिबारसम्मको चार्टर उडान मात्र सात सय १६ वटा हो,’ उनले भने-‘नियमित उडानले पनि राहत सामग्री ल्याएका छन् ।’

0 comments

Write Down Your Responses