मोडलको इज्जत ढाक्न ‘चन्द्र-सूर्य’को प्रयोग, आयोजकले भन्यो-‘गल्ती भयो
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
मोडलले लगाएको वन पिस पहिरनको डिजाइनमा चन्द्र र सूर्य प्रयोग गरिएको छ । फेसबुकमा यो तस्बिर राखेर नेपालको राष्ट्रिय झण्डाको बेइज्जत गरिएको भन्दै आक्रोश पोखिएको छ ।
पोखरामा शुक्रबार बेलुकी आयोजना गरिएको ‘परिचय नाइट’मा मोडलले यस्तो पहिरन लगाएकी हुन् । डिजाइनरले मोडलको कम्मर मुनिको भाग छोप्नका लागि चन्द्र र सूर्य अंकित पहिरन प्रयोग गरेपछि यसको आलोचना भएको हो ।
आयोजक मध्येकी एक श्रृती गुरुङले डिजाइनर मोहन खड्काले सुरुवातमा आफूहरुलाई अन्य डिजाइन देखाएको बताइन् । उनले भनिन्-‘सुरुमा अर्कै डिजाइन देखाइयो । तर, पछि मोडल र्याम्पमा आएपछि पहिरन परिवर्तन गरिएको रहेछ ।’ उनले आफू आयोजक भएको नाताले माफी माग्ने पनि बताइन् । उनले भनिन्-‘आयोजक भएको नाताले हामीले माफी माग्नुपर्छ । यो गल्ती भयो ।’
यस्तै, फेशन शोका कोरियोग्राफर नविन शाक्यले पनि यसमा आफूहरुको गल्ती भएको बताए । उनले आफू कोरियोग्राफर मात्र भएकाले यस बिषयमा जानकारी नभएको बताए । यो पहिरन डिजाइन गर्ने मोहन खड्काको भने अहिले मोबाइल अफ छ । यसकारण उनीसँग सम्पर्क हुन सकेन ।
भूकम्प पीडितहरुका लागि रकम संकलन गर्ने उद्देश्यले फेसन शोको आयोजना गरिएको हो । १० वटा थिममा मोडलहरु र्याम्पमा उत्रिएका थिए । यो फेशन शोको आयोजना ‘आइएफसी’ले गरेको हो ।
कार्यक्रमबाट भएको सम्पूर्ण फाइदा रकम भूकम्पबाट प्रभावितहरुका लागि नै खर्च गर्ने कोरियोग्राफर नविन शाक्यले अनलाइनखबरसँग भने ।
source- onlinekhabar.com
![](http://1.bp.blogspot.com/-N8gMoT-hDik/VAoWqa7MhVI/AAAAAAAABxY/lMgXKZbV-Vo/s1600/videoclics.png)
0 comments
Write Down Your Responses