विश्व खाद्य कार्यक्रमले राहतमा पठायो कुहिएको चामल

SONA_MASURI_RICE
४ जेठ, नुवाकोट । नेपाल रेडक्रम सोसाइटीले भूकम्पपीडितलाई विश्व खाद्य कार्यक्रममार्फत वितरण गरेको चामल अखाद्य भएको भेटिएको छ । राहतका नाममा बाँडिएको चामल कालो र डल्ला परेको भेटिएपछि पीडित आक्रोशित भएको नयाँ पत्रिकामा खबर छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा आइतबार दलका प्रतिनिधिले गुणस्तरहीन चामल वितरण भएको भन्दै आपत्ति जनाएका छन् ।
सरकारी अधिकारीले पुष्टि गरिसक्दा पनि रेडक्रसका प्रतिनिधिहरुले भने चामल अखाद्य नभएको भन्दै वितरण गरिरहेका छन् ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses