बस र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु

फोटो :फाइल फोटो
२७ यात्रु गम्भीर घाइते
हेटौंडा : मकवानपुरको मनहरी–३ रमनटारमा सोमबार अपरान्ह यात्रुबस र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ भन्दा बढी यात्रु घाइते भएका छन् ।

हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३६९७ नम्बरको बस र नारयणगढबाट हेटौंडा आउँदै गरेको ना४ख ५७६५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ९ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले बताए ।


इलाका प्रहरी कार्यालय मनहरीको टोलीले घाइतेको उद्धार गरेको डीएस्पी शर्माले बताए । घाइतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि उद्धारका लागि थप प्रहरी घटनास्थलतर्फ गएको डीएस्पी शर्माले जानकारी दिएका छन् ।

source- annapurnapost.com

0 comments

Write Down Your Responses