अफगानिस्तानमा बन्दुकधारीद्वारा सरकारी भवनमा आक्रमण गरी सातको हत्या

काबुल (अफगानिस्तान), वैशाख ३१ – अफगानिस्तानको दक्षिणी भागमा एक सरकारी भवनमा बन्दुकधारीले आक्रमण गरी तीन प्रहरी तथा चार नागरिकको हत्या गरेको अधिकारीहरूले बताएका छन् ।
kabul attack
स्थानीय अस्पतालका चिकित्सक डा। गुलाम जिलानीले हेलमान्ड प्रान्तको लस्कर गाहमा उक्त आक्रमण भएको र पाँच प्रहरी तथा अन्य दुई नागरिक घाइते भएको जानकारी दिए ।
हेलमान्डका सांसद हबिबा सदातले उक्त आक्रमण भएको पुष्टि गरे ।
हेलमान्डमा तालिवानको बलियो उपस्थिति रहेको छ र यस समूहले गत महिना गष्मकालीन वार्षिक आक्रमण आरम्भ भएको घोषणा गरेको थियो ।

0 comments

Write Down Your Responses