रुपन्देहीमा १३ वर्षीया बालीका बलात्कृत

७ जेठ, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ की १३ वर्षीया बालीका बलात्कृत भएकी छन् । स्थानीय २४ वर्षीय राहुल तेलीले बालीकालाई बलात्कार गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रमेशकुमार पोखरेलले जानकारी दिए ।
विहीबार मध्यान्ह करिब १२ बजेति शौच गर्न खुल्ला स्थानमा गइरहेकाबेला तेलीले गाउँ नजिकैको पुगता भुमी जेतवन बौद्ध बिहारमा लगेर बालीकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गर्ने तेली फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

0 comments

Write Down Your Responses