आफ्नो टाउकोमा आँपले हिर्काउनेलाई राष्ट्रपतिले दिए घर
हामीकहाँ पूर्व प्रधानमन्त्रीहरुलाई थप्पड हिर्काउनेहरुलाई हतकडी लगाएर हिरासतमा हालियो । थप्पड खाने नेताहरुलाई मन नपराउनेहरुले त्यस्ता थप्पडवाजहरुलाई हाइ हाइ गराएपनि उनीहरुलाई कुनै उपहार मिलेन । तर भेनेजुयलामा भने राष्ट्रपतिको टाउकोमा आँपको गेडाले हिर्काउने एक महिलाले भने इनाम स्वरुप बस्ने घर उपहार पाउने भएकी छिन् ।
राष्ट्रपति निकोलन मदुरोलाई गएको हप्ता आरागुवा राज्यमा गाडीमा यात्रा गरिरहेको बेला भीडबाट एक महिलाले टाउकोमा आँपले हिर्काएको घटना निकै चर्चित बनेको थियो ।
पहिले बसको ड्राइभरी पेसा गर्ने राष्ट्रपति मदुरोको कानमा आँपले लागेको थियो । त्यसपछि राष्ट्रपतिले उक्त आँपलाई भुइँबाट हातले टिपे र भिडतर्फ देखाए ।
जब राष्ट्रपतिले उक्त आँपको गेडालाई राम्रोसँग हेरे, त्यहाँ केही गम्भीर सन्देश लेखिएको देखे । त्यो आँपमा लेखिएको थियो, ‘यदि तपाइँले सक्नुभयो भने मलाई कल गर्नुस्’ । साथै त्यहाँ हिर्काउनेको नाम तथा फोन नम्बर पनि दिइएको थियो ।
पछिल्लो फोन गरेपछि पो थाहा भयो, उक्त आँप स्थानीय एक महिला मार्लेनी ओलिभोले राष्ट्रपतिलार्य ताकेर फ्याँकेकी रहेछिन् ।
लामो समयदेखि उनलाई बसोबासको समस्या रहेछ । धेरैपटक सरकारलाई आफ्नो समस्याको विषयमा निवेदन गर्दापनि सुनुवाई नभएपछि उनले ‘सिधै हान्ने’ जुक्ति लगाएछिन् ।
उनको त्यो जुक्तिले साँच्चै काम गर्यो । राष्ट्रपति मदुरोले उक्त घटनाको बारेमा टेलिभिजनमा कुरा गर्दै उक्त चर्चित आँप समेत प्रदर्शन गर्दै भने, ‘मार्लेनी, मैले तिम्रो समस्याको सम्बोधन गरिसकेँ । ग्रेट हाउजिङ मिसन भेनेजुयलाको तर्फबाट तिमीले एउटा अपार्टमेन्ट पाउनेछौ र अबको केही घण्टामै तिमीलाई उक्त अपार्टमेन्ट हस्तान्तरण गरिनेछ ।’

0 comments
Write Down Your Responses