मोटरसाईकल चोर्नेमा डाक्टरदेखि नाबालकसम्म

जनकपुरधाम: जनकपुर क्षेत्रमा विगत दुईवर्ष देखि बढेको मोटरसाईकल चोरीको घटनामा चिकित्सक देखि नाबालकसम्मको संलग्नता रहेको खुलासा भएको छ। 
 
जिल्ला प्रहरी कार्यालय धनुषामा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि मोटरसाईकल चोरीमा संलग्न एक चिकित्सक र दुई नाबालिक सहित ८ जनालाई सार्वजनिक गरिएको हो। 
 
चोरहरुको गिरोह बनाई सानो नाईके, डिलर, दलाल र विक्रेता मार्फत जनकपुर नगरक्षेत्रबाट मोटरसाईकल चोरी गरि भारतमा बिक्री गर्ने गरिएको प्रहरी उपरिक्षक गणेश बहादुर थापाले बताए। 
 
पहिलो चरणमा मोटरसाईकल चोर्नेहरु नाबालकहरु र कम उमेरका युवकहरु रहेका र उनीहरुले चोरी गरेपछि सानो नाईकेले मोटरसाईकल लुकाउने, डिलरले दलाल मार्फत ग्राहक खोज्ने र पछि भारतमा लगेर बिक्रि गर्ने गरिएको थापाले बताए। 
चोरीमा संलग्न अधिकांश व्यक्तिहरु मोटरसाईकल ग्यारेजमा काम गर्नेहरु रहेको छन्। प्रहरीले लामो समयदेखि यस गिरोहलाई पक्राउ गर्ने प्रयास गरिरहेको क्रममा एक साता भित्र ७ वटा मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेको हो। 
 
पक्राउ पर्नेमा १७ वर्षीय कमल ठाकुर, १७ वर्षिय शिवराज श्रेष्ठ, २६ वर्षीय  बाबुजी यादव, २४ वर्षीय अनिल कुमार साह, २४ वर्षीय जितेन्द्र साह, ४० वर्षीय चिकित्सक शैलेन्द्र मिश्र, ३० वर्षीय सरोज यादव र २८ वर्षीय  बिक्‍की साह रहेका छन्। 
 
पक्राउ पर्नेमध्ये चिकित्सक शैलेन्द्र मिश्राले चोरीको मोटरसाईकलहरु लुकाउने र बिक्रिको लागि ग्राहक खोज्ने जस्ता काम गर्दै आएका थिए भने नाबालिक कमल र शिवराजले लक तोड्ने र पार्टपुर्जा तथा मोटरसाईकल बिक्रि गर्ने काम गर्दै  आएका थिए। 
 
उनीहरुले संचारकर्मी विरेन्द्र रमणको ज ५ प ७६३ नम्बरको च्यासिस मोटरसाईकल सम्पूर्ण पार्टपुर्जा बिक्री गरेर सोकर र सिट भएको अवस्थामा फेला परेको थियो। 
 
त्यसैगरी ज३प १३४१ नम्बरको प्यासन प्रो, ज २१ प ६३०५ नम्बरको पल्सर १५० सिसि, ज३प ५८३६ नम्बरको पल्सर १५० सिसि, बा ४७ प १५२० नम्बरको यामाहा जिटुयस, ज५प ५३५२ होन्डा एनएक्सजि, ज४प ९०१२ नम्बरको साईन, ज७प ६०१ नम्बरको मोटरसाईकल बरामद गरिएको हो। 

source- onlinekhabar.com

0 comments

Write Down Your Responses