२१ औ सताब्दिमा श्रीमान् श्रीमतीको सँगै सतिगति अनौठो समाचार


पर्वत । श्रीमान् मरेपछि ज्यूँदै सतिजाने प्रथाको अन्त्य  भएपनि पर्वत जिल्लाको बाजुङ गाविस वडा नं ९ कोटथरमा भने एकै घरका श्रीमान् श्रीमतीको एकैचोटी निधन भएको छ । मंगलवार विहान करीव १० बजे श्रीमान् रुद्र बहादुर विकको निधन भएको डेढ घण्टा नवित्दै श्रीमती छली विकको पनि निधन भएपनि श्रीमान् श्रीमतीलाई सँगसँगै सतिगति गर्न गाउँलेहरु बाध्य भएका छन् ।
बयानब्बे बर्षे श्रीमान विकको रोगका कारण निधन भएता पनि चौरासी बर्षिय श्रीमती विक भने रोग नलाइकन एक्कासी निधन भएको पारिवारिक श्रोतले बताइएको छ ।
श्रीमान् श्रीमती यसरी सँगै मर्नुलाई धेरैले सति गएको र दुवै जनाको मरण हुनु एउटा अनौठो घटना भएको जनाएका छन् । मंगलवार निधन भएका विक दम्पत्तिको बुधवार विहान मोदीवेणीमा एकै साथ अन्त्योष्टी गरिएको छ । उनीहरुलाई छोरा चन्द्र बहादुर विकले दागवत्ती दिएका छन् ।
source : http://www.newsabhiyan.com

0 comments

Write Down Your Responses