दाजुभाइबीच खुकुरी हानाहान हुँदा दुवै जना घाइते


mahotari

महोत्तरी, जेठ ८ – रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान गौशाला नगरपालिका–६ विर्तामा दाजुभाइबीचको विवादित जग्गामा रहेको मसलाको रुख काट्ने विषयमा झडप हुँदा ३५ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय मोहन साह घाइते भएको हो । टाउकोमा गम्भीर चोट लागेको रमेशको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिए । यता समान्य घाइते भएका मोहनको गौशालास्थित नविन जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

0 comments

Write Down Your Responses