जीवनसाथी की स्मार्टफोन ?

चीन, बैशाख २६ (एजेन्सी) – हामी प्रविधिसंग यति अभ्यस्त भैसक्यौं कि प्रविधि र ग्याजेटबाट अलग रहेर हाम्रो दैनिक सम्भव नै हुँदैन । झन् चीनको कुरा गर्दा यो देशमा स्मार्टफोन र ग्याजेटमा मानिसको क्रेज असीमित छ । स्मार्टफोन जस्तो ग्याजेटप्रतिको उच्च मोहले चीनको एउटा सिंगो पिढींको लागि जीवनसाथी चुन्ने या स्मार्टफोन चुन्ने भन्ने गम्भीर प्रश्न अगाडी तेर्सिएको छ । अल चाइना वुमन फेडेरेशन (एसीडब्ल्यूएफ)द्धारा भर्खरै गरिएको सर्वेक्षणमा ६० प्रतिशत विवाहित मानिसले स्मार्टफोनले वैवाहिक जीवनमा भाँजो हालेकोे बताएका छन् । सर्वेक्षणका अनुसार मोबाइल ग्याजेटप्रति चीनको अधिक आकर्षणले वैवाहिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।
marriage n smartphone स्मार्टफोन प्रयोगको यही लतले विवाह, सन्तानका साथै परिवारका अन्य सदस्यसंगको सम्वन्ध र व्यक्तिगत स्वास्थ्यलाई समेत नराम्ररी प्रभावित बनाइरहेको छ । वासिंगटन पोष्टको प्रतिवेदन अनुसार चीनको कम्युनिष्ट पार्टीको महिला संगठनले २८ वर्ष भन्दा कम उमेरका १३ हजार मानिससंग कुरा गर्दा ४३ प्रतिशतले परिवार र जीवनसाथीसंग कुराकानी गर्दा समेत आफ्नो मोबाइल फोनमा व्यस्त रहने स्वीकार गरेका छन् । सर्वेक्षणका क्रममा एक तिहाई भन्दा बढी मानिसले आफ्नो छोराछोरीलाई भुलाउन, फकाउनका लागि पनि मोबाइल फोनको प्रयोग गर्ने बताए । त्यस्तै करिब दुई तिहाई मानिसले सुत्दा पनि मोबाइल फोन चलाएर बस्ने बताएका छन् । सामाजिक परिवर्तनको परिणामले उथलपुथल भएको पारिवारिक सम्वन्धलाई मजबुत बनाउन उक्त सर्वेक्षण गरिएको अल चाइना वुमन फेडेरेशनले बताएको छ । 
china

0 comments

Write Down Your Responses