कैदीलाई अस्पतालमा छाडेर प्रहरी वेश्यालय पुगेपछि…

एजेन्सी । कैदीको उपचारकालागि अस्पताल गएका प्रहरी वेश्यालयमा भेटीएपछि भारतीय प्रहरी सेवामाथि नै प्रश्न उठेको छ ।बिहीबार मध्यान्ह एक कैदीलाई उपचार गराउनकालागि भन्दै अस्पताल गएका प्रहरी जवानलाई राति १० बजे वेश्यालयमा रंगेहात पक्राउ गरिएपछि प्रहरी सेवामाथि नै आलोचना सुरु भएको छ ।

भारतको झारखण्ड प्रहरीका तीन जवानले यस्तो हर्कत गरेका हुन् । बर्दवान जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनीहरुलाई पश्चिम बंगाल प्रहरीले छापा मारि नियन्त्रणमा लिएको थियो ।

उनीहरुसँगै गाडी चालक समेत पक्राउ परेका छन् । कैदीलाई अस्पतालमै छाडेर उनीहरु वेश्यालय पुगेका थिए ।
कैदी भने बस चढेर कारागार पुगेपछि घटना सार्वजनिक भएको थियो । कैदीले आफुलाई छाडेर उनीहरु वेश्यालय गएको कारागारमा बताएका थिए ।अहिले उनीहरु निलम्बनमा परेका छन् । अस्पतालबाट सिधै कारागार आउने कैदीलाई प्रहरीले पुरस्कार गर्ने भएको छ ।
source- http://taja-onlinesamachar.blogspot.com/

0 comments

Write Down Your Responses