मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन

Barcelona
४ जेठ, काठमाडौं । लिओनल मेस्सीको गोलको मदतमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले साविकको विजेता एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो ।
एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलको ६५ औं मिनेटमा मेस्सीले विजयी गोल गरे ।
जितसँगै दोस्रो स्थानको रियल मड्रिडभन्दा ४ अंक बढी जोडेको बार्सिलोनाले अन्तिम खेल खेल्नु अघि नै उपाधि पक्का गरेको छ ।
बार्सिलोनाको यो २३ औं ला लिगाको उपाधि हो ।

,

0 comments

Write Down Your Responses