आफ्नै पाँच घर ढले पनि डेढ सयलाई ओत

काभ्रे, २६ वैशाख । काभ्रेको पलाचाञ्चोक भगवती मन्दिरछेउको साठीघर टोल भूकम्पले माटाको थुप्रो बन्न पुगेको छ । सुन्दर बस्ती साठीघरका करिब ७० घरमध्ये एउटा पनि ठाडो छैनन् । स्थानीय मनोज खड्काको मात्र पाँच घर ढले । घर ढले पनि उनको मन ढलेको छैन । पाँचवटा घर गुमाए पनि उनले पूरै गाउँलाई ओत दिएका छन् । फर्निचरसम्बन्धी काम गर्ने खड्काले गाउँमा झन्डै डेढ सय सर्वसाधारणलाई ओत दिँदै आएका छन् । फर्निचर गोदाम र बारीमा टहरा बनाएर उनले गाउँका सबैलाई एकै ठाउँमा राखेका छन् । ‘गाउँ र बेसीमा गरेर मेरा मात्र पाँचवटा घर ढले,’ शुक्रबार घर भत्किएको भग्नावशेषको छेउको टहरामा भेटिएका उनले भने, ‘सबै गाउँले मेरै टहरामा आएर बसेका छन् ।’ उनको टहरो भूकम्पपीडित स्थानीयलाई महलजस्तै प्यारो बन्न पुगेको छ । पहिला गाउँका डेढ सयजनासम्म आफ्नो टहरोमा बसेको र अहिले ७०–७५ जना बस्दै आएको खड्काले बताए । पलाञ्चोकआसपासमा कच्ची एउटा घर पनि भूकम्पबाट बचेका छैनन् । कतिपय जगैदेखि भत्किएका छन् भने केही घरको एक पाखो भत्किएका छन् । ठाडो देखिएका घर पनि ठूला–ठूला चिरा परेर भत्किन खोजेका छन् । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेखेका छन् । 
kavre-serving-Man-300x150

0 comments

Write Down Your Responses