ओत छैन, रात कसरी काट्ने ?


ललितपुर । घुसेल ७ का दलबहादुर थिङले सकससाथ खुला आकाशमुनी सात रात बिताइसकेका छन् । हावाहुरी र पानी आएको बेला झनै दुर्दशा सुरु हुन्छ ।
केटाकेटी जाडो भयो भनेर रातभर रुन्छन्, क्रन्दन सुन्नुबाहेक उनी केही गर्न सक्दैनन् । महाभूकम्पले उनको घर पूरै नष्ट हुँदा अन्नपात, लत्ताकपडा र सरसामान पुरिएको छ ।
गलित भावमा उनी भन्छन्, ‘धन्न भगवान परिवारको ज्यान त बच्यो ।’ महाभूकम्पसँगै बदलिएको मौसमका कारण पानी परिरहेको छ । गतिलो छानो नभएका यस क्षेत्रका पीडित पानी पर्नेवित्तिकै निथ्रुक्क भिज्ने अवस्था ।
‘लुगलुग कामेर रात बिताइरहेका छौं, चिसोले आँखा, हातगोडा र शरीर सुन्निन थालेको छ,’ उनले भने, ‘अब केही दिन यसरी बस्नुप¥यो भने बाँच्नै नसकिएला जस्तो छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।
source: http://www.nepalsandesh.com/

0 comments

Write Down Your Responses