रेल्वे स्टेशनमा उब्भिएर नेपालीहरु भन्दैछन् ‘प्रे फर नेपाल’ video

जापानको रेल्वे स्टेशन वरपर क्षेत्रमा नेपालीहरु ‘प्रे फर नेपाल’ प्लेकार्ड बोकेर लामबद्व भई एक स्वरमा भन्दैछन् ‘नेपालका लागि प्रार्थना’ अनि भन्दैछन् ‘हाम्रो देशलाई आर्थिक सहयोग गर्नुहोस् ।
image
‘भवन भट्टको नेतृत्वमा सुरु भएको ‘भूकम्प पीडित उद्वार तथा सहयोग समिति २०१५’ नामक अभियान अन्तर्गत सिबुया रेल्वे स्टेशनबाट सुरु भई हालसम्म आउँदा जापान भरिका नेपालीहरुले अनुशरण गरिरहेका छन् ।image
समितिको तर्फबाट टोकियोबाट सुरु गरिएको अभियानको नेतृत्व शरद गौचनले गरेको छ । टोकियो बाहिरका नेपालीहरुले आफ्नो अनुकूलतामा पनि संचालन गरिरहेका छन् ।
imageसो अभियानबाट जापान भरि मात्रै १ करोड भन्दा बढी उठ्ने अनुमान लगाउन सकिन्छ । त्यस्तै गरि नेपाली विद्यार्थीहरुले पनि आ-आफ्नो स्कूलहरुसँग सहकार्य गरि आर्थिक संकलन अभियान चलाईरहेका छन् ।
समितिका संयोजक भट्ट हाल नेपालमा छन् । उनले गैर आवासीय नेपाली संघको तर्फबाट १ करोड भूकम्प पीडितलाई दिने घोषणा गरिसकेको छ ।
source: http://www.nepalsandesh.com/2015/05/02/132105#sthash.C3985vKq.dpuf

0 comments

Write Down Your Responses