राहत वितरणमा नदेखिएका अनमोलले गरे ६१ हजार सहयोग

anmol kc
वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि नेपाली चलचित्रका चलचित्रकर्मीहरु आ-आफ्नै तरिकाले राहत वितरणमा हिडिरहेका छन् । एक सातासम्म राहत वितरणमा लागेका चलचित्रकर्मी अब भने अस्थायी घर निर्माणमा पनि जुटेका छन् ।
तर, केही चलचित्रकर्मीलाई भने भूकम्प आएपछि पनि प्रभावितहरुका लागि केही गर्नुपर्छ भन्ने भाव आएन । नायक भूवन केसी राहत वितरणका लागि भन्दै भूकम्प प्रभावितको पुग्दा उनका छोरा अनमोल केसी भने देखिएनन् । अनमोलले कुनै पनि तबरले सहायता नगरेको भन्दै फेसबुकमा आलोचना पनि भयो ।
अनमोलको आधिकारिक फेसबुकमा पनि अहिलेसम्म यस बिषयमा केही लेखिएको छैन । उनकै सहकर्मीहरुले भूकम्प प्रभावितहरुका लागि विभिन्न तबरले सहयोग गर्दा अनमोल मौन देखिए । अनमोल जस्तै नायिका गरिमा पन्त पनि आजसम्म कही कतै देखिएकी छैनन् । उसो त, यो सुचीमा थुप्रै चलचित्रकर्मीको नाम आउँछ ।
उनै अनमोलले ‘हामी सबैका लागि’ भन्दै चलचित्रकर्मीहरुले सहयोग गरेको अभियानमा ६१ हजार सहयोग गर्ने बताएका छन् । उनले अभियानका सदस्यहरुलाई फोन गरेर आफ्नो तर्फबाट ६१ हजार दिने बताएको सदस्य मध्येका एक सुरेश दर्पण पोख्रेलको भनाई छ । अहिले यो टोली काभ्रेको रामपुर डाँडामा अस्थायी घर बनाइरहेको छ ।
यो अभियानको सुरुवातमा नायक जिवन लुइटेलले ५१ हजार दिने घोषणा गरेका थिए । यसपछि, थुप्रै चलचित्रकर्मीले आ-आफ्नो तर्फबाट सहयोग गरिहेका छन् । खुलेर बाहिर नदेखिएपनि अनमोलले ६१ हजार दिने बताएका छन् । तर, युवापुस्तामाँझ लोकपि्रय देखिएका अनमोल यस्तो समयमा खुलेरै बाहिर आउन जरुरी छ 

0 comments

Write Down Your Responses