अन्तर जातीय विवाह गर्ने जोडीको कुटीकुटी हत्या

एजेन्सी–एकजना भारतीय छात्रा र उनका प्रेमीलाई छात्राका आफन्तले कुटेर मारेको समाचार छ ।
उनका आफन्तहरूले ती दुई जनालाई कुटीकुटी मारेका र पछि शव पनि तिनै आफन्तहरूले आगो लगाई जलाएका बताइएको छ ।
पूर्वी भारतमा यस्तो क्रुर घटना भएको एक समाचारमा जनाइएको छ । यसलाई उनीहरूले प्रतिष्ठाका लागि गरिएको हत्याको परिभाषा दिएका छन् ।
एकजना १५ वर्षीया ती छात्राको २५ वर्षीय पुरुषसँग रहेको भनिएको प्रेमप्रसँग जोडेर ती छात्राका आफन्तले यस्तो क्रुर हत्या गरेका छन् ।
पन्ध्र वर्षीया युवती पार्वती देवी र २५ वर्षीय पुरुष जयराम माझीको सम्बन्धको कारण देखाएर यो हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
ती पुरुषको पहिले नै अर्कै महिलासँग विवाह भएको भन्दै ती छात्रालाई उक्त पुरुषले जबर्जस्ती भगाएर लगेको र जसका कारण समाजमा बेइज्जत गरेको भन्दै हत्या गरेका बताइएको छ ।
बिहारमा सो क्रुर घटना भएको हो । युवतीका आफन्तहरूले लौरो, ढुङ्गा र इट्टाले उनीहरूको हत्या गरेका गयाका प्रहरी प्रमुख मनु महाराजले जानकारी दिएका छन् ।
आफ्नो गाउँबाट ती युवती उक्त युवकसँग गएको पाइएपछि युवतीका आफन्तहरूले उक्त दम्पत्तिलाई समाजका बुढापाकाहरूको एक समूहसामु उपस्थित गराएका थिए ।
पछि ती युवतीलाई कारबाहीस्वरूप मार्ने भनी कारबाही सुनाएपछि उनलाई ढुङ्गा, इट्टा र लौरोले हानेर हत्या गरिएको थियो ।
प्रहरी प्रमुख महाराजका अनुसार सो हत्यामा उक्त गाउँका कम्तीमा पनि १०० जना गाउँले रहेका थिए । हत्या पछि ती सबैजना गाउँलेले उक्त दम्पत्तिलाई अर्कै गाउँमा लगी जलाएर अन्त्येष्टि गरेका थिए ।
प्रहरीका अनुसार सो हत्यामा सम्लग्न रहेका ती छात्राका आफन्तलाई पक्राउ गरिएको छ । पक्राउ पछि उनीहरूलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको र उनीहरूले नै उक्त दम्पत्तिलाई मारेको स्वीकारेका छन् ।
यो क्रुर हत्यामा कम्तीमा पनि १५ जनाको प्रत्यक्ष रूपमा सम्लग्नता रहेको छ । उनीहरूसँग आवश्यक छानबिन गरिएको छ र दोषी के कति पाइन्छन् उनीहरूलाई समेत कानुनी दायरामा ल्याइने छ– उनले भने ।
भारतमा त्यहाँका ग्रामीण क्षेत्रहरूमा यस्तो हत्याका घटनाहरू निकै नै हुने गर्छन् । जसका कारण लामो समयदेखि नै प्रहरीले यसका विरुद्धमा सशक्त अभियान चलाएको छ ।
तर सो अभियानमा प्रहरी सफल भने हुन सकिरहेको छैन । यस्ता हत्याका शङ्ृखलाहरू त्यहाँ बारम्बार हुने गरेका छन् ।

0 comments

Write Down Your Responses