खाने भाँडा पनि ट्वाइलेट जस्तै !
एजेन्सी । मान्छेहरुको चाहाना पनि अचम्म अचम्मका हुन्छन् । चीनमा यस्तै नयाँ खोजी गर्नेहरुले ट्वाइलेट आकारका रेष्टुरेन्ट खोल्ने क्रम बढ्दै गएको छ ।
यसै क्रममा ताइयुआनको सांग्झी प्रान्तमा केही समयअघि मात्रै यस्तै नयाँ रेष्टुरेन्ट खोलिएको छ । यो रेष्टुरेन्टमा बस्ने सबै ठाउँ कमोड आकारको छ भने कुशन दिसा आकारको ।
वरिपरिको ईन्टेरियर पनि बाथरुम जस्तो देखिन्छ । भित्तामा भने ट्वाईलेटमा राखिने टायल हालिएको छ ।
त्यस्तै शावर र ट्वाईलेट पेपरको स्ट्याण्ड छ भने चाउचाउ, मासु, शाकाहारी जे खाएपनि ट्वाईलेटजस्तै भाँडा छन् ।
source : http://www.nepalsandesh.com/2014/10/17/106941#sthash.chVu8OQG.dpuf

0 comments
Write Down Your Responses