छातिमा प्वाल पारेर मान्छेको मुटु खाने नरभक्षी, सनसनीपूर्ण बयानपछि १८ वर्ष जेल

chimboza_n_1430818865सुन्दैमा डरलाग्दो तथा अनौठो लाग्छ । दक्षिण अफ्रिकामा एक जना व्यक्तिले मान्छेको हत्या गरी उसको मुटु निकालेर खाएको अभियोग प्रमाणित भएको छ । मान्छे मारेर मुटु निकाली खाएको आरोपमा ३५ वर्षे एन्ड्रयू चिम्बोजालाई त्यहाँको एक अदालतले १८ वर्षको जेल सजाय सुनाएको छ ।
अभियोग स्विकार गर्दै उनले भनेका छन्, ‘मैले आफुलाई समलिंगी नभएको प्रमाणित गर्न चाहन्थेँ ।’मैले आफुलाई समलिंगी नभएको प्रमाणित गर्न चाहन्थेँ ।’
गएकेा वर्ष ६२ वर्षका एम मनोमा नामका व्यक्तिको हत्या गरी उनको मासु खाएको आरोपमा चिम्बोजा पक्राउ परेका थिए । पुलिस रिपोर्ट अनुसार मृतकको गर्धनको आधा भाग खाइएको थियो भने छातिमा एउटा प्वाल समेत थियो । चिम्बोजाको साथबाट काँचो मासु, चक्कु तथा चिम्टा समेत बरामद भएको थियो ।
अदालतमा सुनुवाइका क्रममा चिम्बोजाले आफुमाथि भएको अपमानको बदला लिनका लागि आफुले हत्या गरेर मासु खाएको बयान दिए । अदालतमा सनसनीपूर्ण बयान दिने क्रममा उनले भनेका छन्, ‘म उसको छातिमाथि बसेँ । छातिलाई चिरेर उसको मुटु बाहिर निकालेँ र त्यसलाई टुक्रा टुक्रा पारेर खाएँ ।’म उसको छातिमाथि बसेँ । छातिलाई चिरेर उसको मुटु बाहिर निकालेँ र त्यसलाई टुक्रा टुक्रा पारेर खाएँ ।’
त्यो वृद्धको मुटु खाएर आफुले आफुलाई समलिंगी नभएको प्रमाणित गर्न चाहेको भन्दै उनले तर मुटु खाइसकेपछि भने बल्ल आफुलाई सो व्यक्ति मरिसकेको थाहा भएको उनको दाबी छ ।
आफुले प्रतिशोधका कारण त्यसो गरेपनि अहिले गल्तीको आभाष भएको भन्दै उनले पश्चाताप व्यक्त गरेका छन् ।

0 comments

Write Down Your Responses