सिरियामा सात हजार डलरमा बेचिएकी धराने चेलीको दर्दनाक दुःख
हिंसा सहन नसकेर म श्रीमानसँग छुटि्टएर माइत बसेको डेढ वर्ष भइसकेको थियो । माइती छेऊमा नै ब्युटी पार्लर चलाएर बसेकी थिएँ ।
घरेलु हिंसामा पर्दाको पीडा र आर्थिक समस्याबाट कसरी मुक्ति पाउने भनेर सोच्दा सोच्दै विदेश जाने निर्णय गरें । त्यही क्रममा गाउँको छिमेकी दाइले मैले पनि म्यानपावरहरु चिनेको छु भनेर एकजनालाई चिनाए । उसको नाम थियो आशिष । विदेश जाने भनेपछि उनीहरुले काठमाडौं लिएर आए । मसँग धेरै पैसा पनि थिएन । उनीहरुले नै पासपोर्ट बनाउन ५ हजार रुपैयाँ सहयोग गरे ।
मैले दुबईका लागि भनेर ट्राई गरें । पहिलेदेखि नै ब्युटीपार्लरको काम गरेकाले त्यही काममा जान्छु भनेकी थिएँ ।
दुबई जाँदा मलाई पैसा लिएन । मैले आफ्नो समस्या भनेको थिएँ । उनीहरुले पछाडि कमाएर तिर्नुस् भने ।
पैसा नलिँदा पनि शंका लागेन
पछि कमाएर तिर्नुस् भनेपछि शंका गर्ने ठाउँ कम रहृयो । विदेश जाने अघिल्लो दिन मैले सबै डकुमेन्ट हुर्छ भनेकी पनि थिएँ । तर, दिएनन् । श्रममा के-के भएको छ भने । त्यसरी हो भने म जान्न भनेँ ।
उनीहरुले हामीले सबै काम गरिसकेका छौं, प्लेन टिकट पनि भइसकेको छ । यसमा खर्च भएको एक/डेढ लाख रुपैयाँ तपाईले नै तिर्नुपर्छ भने । हामी नराम्रो पनि होइन, भन्ने कुरा गरे ।
०६९ साल असार ३० गते म र अरु दुई महिला गरी तीन जना काठमाडौंबाट दुबईका लागि उड्यौं । दुईवटा भिजिट भिसा र अर्को एउटा भिसा दिइएको थियो ।
मलाई दुबईको भिजिट भिसा दिएको थियो । त्यहाँ पुगेपछि सिरियाको भिसा दिएर त्यहाँ एक हस्ता बसेर फर्किने र दुबईमा काम गर्ने भनिएको थियो ।
हामी राति १२ बजेतिर दुबई पुग्यौं । भोलिपल्ट १ बजे सिरियाको फ्लाइट भयो । त्यहाँ एकसाता हामीलाई म्यानपावर अफिसमा राख्यो । नेपाली कोही पनि थिएनन् । त्यहीँका मान्छे थिएँ ।
हामीले यसरी आएको, हाम्रो काम के होला भनेर सोध्यौं । उनीहरुले काम हुँदैछ । मेडमहरु आउँछ, तपाईहरु काम गर्न जानुपर्छ भने ।
त्यहाँ मैले आफ्नै आँखाले के देखेँ भने दुबईबाट एउटै विमानमा गएका बंगलादेशी दुई जना थिए । उनीहरुलाई पनि सँगै लगेका थिए । दुई बंगाली र एक नेपालीलाई मकाउबाट पठाएको रहेछ ।
उनीहरुमध्ये एक बंगाली केटीलाई काम गर्न जान नमानेको भनेर हाम्रो अगाडि नै यातना दिए । यति धेरै कि यति धेरै, पिटाइबाट उनको अवस्था दयनीय भयो ।
त्यो देखेपछि हामीले धेरै कुरा सोध्न पनि सकेनौं । भाषाको पनि समस्या थियो । फोन पनि थिएन ।
म्यानपावरमा बसेको एक सातापछि एकजना म्याडम आइन् । उहाँले आफ्नो घरमा लैजानुभयो । हाउस मेड भन्छ, सबै काम गर्नुपर्थ्यो । मलाई एक प्रकारले बन्धक नै बनाएको थियो । १८/२० घण्टा काम गर्नुपर्थ्यो । उसले कतिबेलासम्म भन्छ, काम गर्नुपर्थ्यो । काम भनेको घर, पुच्छे, पकाउने, भाँडा माझ्ने सबै गर्नुपर्थ्यो ।
एक महिना जति काम गरेपछि म अलिअलि उनीहरुको भाषा बुझ्न सक्ने भएँ । त्यसपछि मैले घरधनीलाई म यस्तो कामले आएको, दुबई गएर काम गर्ने भनेको हो भनेपछि उनले मैले तिमीलाई ७ हजार डलरमा किनेको हो, म्यानपावरले के भनेको छ, थाहा छैन भनेपछि म छाँगाबाट खसेको जस्ती भएँ ।
मलाई फोन गर्न पनि दिँदैन थियो । एक दिन घर सफा गर्ने क्रममा मोबाइल भेटेँ । बाहिर गएको मौका छोपेर घरमा बाबालाई फोन गरेँ र म यसरी फसेको छु, कसरी हुन्छ भनेर उद्दार गर्नुपर्यो भनेँ । मैले आफूलाई बन्धक बनाइएको घर नम्बर, म्याडमको नम्बर मैले बाबालाई दिएको थिएँ । बाबाले विभिन्न ठाउँमा धाएर प्रक्रिया सुरु गर्नुभएछ ।
म त्यहाँ २३ महिना बसेँ । तर, मैले एक रुपैयाँ पनि पाइँन । तलबको कुरा गर्दा गाली गथ्र्यो । सबैखाले शोषण हुन्थ्यो । मलाई पनि कुटपिट गरे ।
मैले त आस मारिसकेकी थिएँ । तर, नेपाली दूतावासले सम्पर्क गरेपछि त्यहाँको पुलिसले म्याडमलाई फोन गरेर मलाई लिएर कार्यालयमा आउनू भनेछ । म्याडमले मलाई पुलिसकोमा लिएर जानुभयो । मैले आफ्नो कुरा भनेँ ।
दुबईमा ब्युटी पार्लरमा काम गर्ने भनेर मलाई यहाँ ल्याएर बेचेको कुरा भनेँ । र, अब म घर जान चाहन्छु भनेपछि मलाई नेपाल फर्काउने पहल सुरु भयो । र, म गत असारमा नेपाल फर्कन सफल भएँ ।
सिरियामा बिताएको त्यो क्षण सम्झँदा एकदमै दुख लागेर आउँछ । आफ्नो गाउँको र माइतीजस्तै सम्झिएका मान्छेहरुले नै हामीलाई पशुजस्तै गरेर बेच्दारहेछन् । सोच्नै सक्दिँन । के भनौं ?
नेपाल फर्केपछि न्यायको खोजी
मैले काठमाडौं आएपछि गत भदौमा गौशाला प्रहरीमा उजुरी पनि दिएकी थिएँ । तर, मलाई उसको नाम आशिष भन्ने मात्रै थाहा थियो । थर पनि थाहा थिएन । म धेरैपटक गौशला प्रहरीकहाँ धाएँ । तर, केही भएन ।
म फेरि आफ्नै माइतीमा बसिरहेकी थिएँ । सिरियामा दुःख पाएर आएकी मलाई समाजले पनि राम्रो व्यवहार गरेन । कुरा काट्नेहरु अझै पनि छन् । हिँड्न पनि गाह्रो छ । के भयो, कस्तो भयो, त्यो मलाईमात्रै थाहा छ । तर, समाजमा नराम्रो कुरा गर्नेहरु कम भएका छैनन् ।
हालै मात्र एक दिन पत्रपत्रिकामा अफ्रिकी मुलुकमा नेपाली युवतीहरु बेचेको आरोपमा पक्राउ परेकाहरु भन्दै छापिएको तस्वीर हरेँ । त्यहाँ केदारबहादुर खड्काको भनिएको एकजनाको तस्वीर थियो, त्यसैले मलाई सिरिया पुर्याएको थियो ।
त्यसपछि म काठमाडौं आएँ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गरेँ । उजरी गरेर घर पुगेको भोलिपल्टै प्रहरीले यसबारे तथ्य बाहिर ल्यायो ।
अब मेरो माग छ, मैले क्षतिपूर्ति पाउनुपर्छ । २३ महिनासम्म विना पैसा काम गरेकोदेखि त्यो दलाललाई खोज्दासम्म भएको सबै खर्चको क्षतिपूर्ति पाउनुपर्छ । र, उसलाई मानव बेचबिखनमा भएको कानूनअनुसार दण्ड सजायँ हुनुपर्छ ।
विदेश जान्न, अरुलाई पनि नजान भन्छु
म अब कहिल्यै विदेश जान्न । बाध्यताले केही हुन्छ कि भनेर जाने निर्णय गरेकी थिएँ । अब म नजाने मात्र होइन, जान चाहनेहरुलाई पनि मलाई त यस्तो भयो भनेर सचेत गराउने कोशिश गर्नेछु ।
नेपालमै केही काम गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । विदेशमा जति दुःख गर्छौं, त्यसको केही हिस्सा मात्रै यहाँ काम गर्ने हो भने पुग्दोरहेछ भन्ने लाग्यो मलाई ।एजेन्सी

source: http://harektajakhabar.blogspot.com/

0 comments
Write Down Your Responses