तस्करीको आरोपमा नायिका नीतु पक्राउ

Neetu-Agarwalएजेन्सी ।  भारतको  साउथ  स्टार  नीतु अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । तेलंगु फिल्मकी स्टार नायिका नीतुले अबैध रक्तचन्दन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
उनलाई हैदराबदस्थित उनकै घरबाट पक्राउ गरिएको हो । उनी पक्राउ परेपछि शुक्रबार राति प्रहरीले उनको घरमा छापा मारेको थियो ।
केही दिन पहिले उनको साथी मस्तान वलीलाई समेत रक्तचन्दन तस्करीको आरोपमा पक्राउ गरिएको थियो ।
अग्रवालले प्रेमा प्रणायम जस्तो चर्चित फिल्महरुमा अभिनय गरेकी थिइन् । उनले साथीहरुसँग मिलेर रक्तचन्दन तस्कर गरेको अभियोगमा मुद्दा चलाइएको छ ।
source : http://www.nepalsandesh.com/2015/04/25/131422#sthash.XGOBFx8A.dpuf

,

0 comments

Write Down Your Responses