२० दिनपछि निकालियो शव

२ जेठ, गोरखा । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई शनिबार बिहान निकालिएको छ ।
छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए ।
नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई शनिबार निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकारी दिए । योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ । रासस

0 comments

Write Down Your Responses