महिलाको स्तन देख्दा उत्तेजित हुन्छु,कतै यो मनोरोग त होइन ?


चिन्ता गर्ने बानी नै समस्या
म ३६ वर्षीय विवाहित पुरुष हुँ। १५(१६ वर्षको उमेरदेखि नै महिलाको आकर्षक स्तन देख्दा उत्तेजित हुने समस्याबाट पीडित छु। आफ्ना निकट साथी वा शिक्षिकाहरूलाई देख्नेबित्तिकै उनीहरूको स्तनमा आँखा जान्थ्यो। यो कुरा उनीहरूले थाहा पाउँथे। यसले मलाई विचलित पनि बनाउँथ्यो। साथीहरूसँग यस्तो समस्या व्यक्त गर्दा यो उमेरमा सबैलाई यस्तै हुन्छ भनेर सम्झाए। विवाह गरेपछि यो समस्या आफैं हराउँछ भन्ने कुरा पनि आयो। यद्यपि विवाहपछि पनि ममा खासै परिवर्तन आएको छैन। म श्रीमतीसँग पूर्ण सन्तुष्ट छु।

तैपनि मेरो समस्या हटेको छैन। चलचित्र हेर्दा वा विज्ञापनमा महिलाको तस्बिर देख्दा मेरा आँखा उनीहरूको स्तनमै अल्झिरहेको हुन्छ। यो कुरा श्रीमतीलाई थाहा छैन। उनले नराम्रो मान्छिन् कि भन्ने डर लाग्छ। यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन भन्ने कुरा पनि जान्ने मन छ। यो कस्तो समस्या हो र किन यस्तो हुन्छ रु कतै यो मनोरोग त होइन रु
महिला अथवा पुरुषले एक(अर्कालाई देख्दा यौन उत्तेजना हुनु सामान्य हो। यस्तो किन हुन्छ भन्ने कुरामा धेरै अनुसन्धान गरेर पुस्तक एवं लेखहरू लेखिएका छन्। ती पुस्तक र लेखहरूमा उल्लेख गरिएअनुसार आकर्षक महिला वा उनीहरूको स्तन देख्दा यौन उत्तेजना हुन्छ भन्ने उनीहरूको विश्लेषण छ। जेमाइटल इकोका सिद्धान्तअनुसार मानिसहरू उभिएर हिँड्ने नभएसम्म स्तनलाई आकर्षण मानिँदैनथ्यो। त्यतिबेला महिलाको पछाडिको भाग पीठलाई आकर्षक मानिन्थ्यो, जब मानिसहरू उभिन थाले अनि विस्तारै स्तन आकर्षणको केन्द्र बन्यो। यो विषय चर्चामा छ र अध्येताहरूको अनुसन्धानका लागि उच्च प्राथमिकतामा समेत पर्छ।
तपाईंको प्रश्नअनुसार तपाईं त्यही कोटीको पुरुषमा पर्नुहुन्छ। यौनका सन्दर्भमा हेर्दा यो राम्रो लक्षण हो। यद्यपि समस्या के देखिन्छ भने तपाईं यो कुरामा बढी चिन्तित हुनुहुन्छ। जुन कुरालाई जति दबाउन खोज्यो, मनले त्यसलाई त्यति नै महत्व दिइरहेको हुन्छ। त्यसलाई दबाउने, त्यसका बारेमा चिन्ता गर्ने बानीको विकासले नै त्यही पछि समस्या बन्ने हो। तपाईं के कुरामा ढुक्क हुनुहोस् भने महिलाको स्तन आफैंमा आकर्षक पक्ष हो। तपाईं मात्र होइन, संसारका धेरै पुरुष र केही महिला पनि महिलाको स्तन सबैभन्दा आकर्षक भएको मान्छन्। तपाईं एक्लो व्यक्ति होइन।
तपाईंको भनाइअनुसार तपाईं हाफूले अनुभूति गरेको कुरामा भन्दा पनि श्रीमतीले थाहा पाउने कुराले बढी डराएजस्तो बुझिन्छ। यदि त्यसो हो भने तपाईंमा उब्जिएको डर बढ्दै गए पछि मनोरोग हुनसक्छ। लामो अन्तरालमा गएर महिलाको स्तन देखेर हुने यौन उत्तेजनाभन्दा त्यसप्रतिको डरले चाहिँ तपाईंको दैनिक जीवनमा असर पुर्‍याउन थाल्छ। त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर गर्न सक्छ। तपाईंको कुराअनुसार अहिले सम्ममा तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो रहेको बुझिन्छ। त्यसैले तपाईंले अहिले महसुस गर्नुभएको डर अनि महिलाप्रतिको अनुभूतिलाई श्रीमतीसँग बाँड्नुपर्छ। अर्को मुख्य कुरा के हो भने तपाईंले चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ छलफल गर्न सक्नुहुन्छ। तपाईं विवाहित पुरुष भएकाले तपाईंलाई मनपर्ने महिलाको स्तन तपाईंकी श्रीमतीसँग पनि छ। मनपर्ने कुरा आफूसँग हुनु धेरै खुसीको कुरा हो। तपाईंले केवल आफूलाई मन पर्ने कुरा श्रीमतीसँग सेयर गर्नुपर्छ। अरूको स्तन देखेर उत्तेजित हुने वा श्रीमतीलाई थाहा नदिन लुकाउनु हुँदैन।
आफ्नी श्रीमतीबाहेक अरूको स्तन देखेर उत्तेजित हुने, अरूले थाहा पाउने गरी त्यस किसिमको भाव आउने खालको समस्या बढ्यो भने यौन हिंसाको आरोप झेल्नुपर्ने हुनसक्छ। यदि यो समस्या हो भने तपाईंलाई सहयोग गर्ने सबैभन्दा नजिकको साथी तपाईंकी श्रीमती नै हुन्। त्यसौले श्रीमतीसँगै रमाउने प्रयास गर्नुहोस्। आफ्नो दुःख(सुख श्रीमतीसँग बाँड्नु होस्। तपाईंकी श्रीमतीले अवश्य नै तपाईंलाई मद्दत गर्नुहुनेछ।
@ aadhikhola online

0 comments

Write Down Your Responses