कोरियामा धमाधम अवैध नेपाली पक्राउ

Flag of koreaदक्षिण कोरिया, जेठ ४ – दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ । अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फर्काइरहेको छ ।
अध्यागमनले हालै ख्वान्जुस्थित प्लास्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरी स्वदेश पठाएको छ । म्यानपावर कम्पनीमार्फत १२ वर्षअघि कोरिया आएका थापाले ६ वर्षे कार्यअवधि सकिएपछि अवैधानिक रुपमा लुकिछिपी काम गरिरहेका थिए । उनीसँगै फिलिपिन्सका २ कामदार पनि पक्राउ परेका छन् । अध्यागमनको बन्दी गृहमा नेपाली कामदार ल्याउने क्रम बढिरहेको थापाले बताए । यसअघि छनान क्षेत्रमा रहेको कम्पनीबाट १८ अवैधानिक नेपाली पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा नेपालासहित इन्डोनेसिया, मंगोल, चीन, भियतनामलगायत मुलुकका कामदार छन् । कम्पनीबाट पाउनुपर्ने तलबभत्ता समयमै नपाउँदा मानसिक तवानमा परेको उनीहरुले बताएका छन् ।
उता सरकारले अवैधानिक कामदार राख्ने कम्पनीलाई कडाइ गरेपछि सञ्चालकहरु पनि त्यस्ता कामदारलाई राख्न हच्किन थालेका छन् । आजको कारोबार दैनिकका लागि दक्षिण कोरियाबाट निकुञ्ज तिवारीले खबर लेखेका छन् ।

0 comments

Write Down Your Responses