भागी विवाह गरेको आरोपमा प्रेम जोडीलाई आफन्तले कुटेर जलाए

lover_couple murder

नयाँ दिल्ली, जेठ १ – एकजना भारतीय छात्रा र उनका प्रेमीलाई छात्राका आफन्तले कुटेर मारेको समाचार छ । उनका आफन्तहरूले ती दुई जनालाई कुटीकुटी मारेका र पछि शव पनि तिनै आफन्तहरूले आगो लगाई जलाएका बताइएको छ । पूर्वी भारतमा यस्तो क्रुर घटना भएको एक समाचारमा जनाइएको छ । यसलाई उनीहरूले प्रतिष्ठाका लागि गरिएको हत्याको परिभाषा दिएका छन् । एकजना १५ वर्षीया ती छात्राको २५ वर्षीय पुरुषसँग रहेको भनिएको प्रेमप्रसँग जोडेर ती छात्राका आफन्तले यस्तो क्रुर हत्या गरेका छन् । पन्ध्र वर्षीया युवती पार्वती देवी र २५ वर्षीय पुरुष जयराम माझीको सम्बन्धको कारण देखाएर यो हत्या भएको प्रहरीले जानकारी दिएको छ । ती पुरुषको पहिले नै अर्कै महिलासँग विवाह भएको भन्दै ती छात्रालाई उक्त पुरुषले जबर्जस्ती भगाएर लगेको र जसका कारण समाजमा बेइज्जत गरेको भन्दै हत्या गरेका बताइएको छ । बिहारमा सो क्रुर घटना भएको हो । युवतीका आफन्तहरूले लौरो, ढुङ्गा र इट्टाले उनीहरूको हत्या गरेका गयाका प्रहरी प्रमुख मनु महाराजले जानकारी दिएका छन् । आफ्नो गाउँबाट ती युवती -

0 comments

Write Down Your Responses