सस्तो स्मार्टफोन किन्दै हुनुहुन्छ ? ध्यान दिनहोस् यी ५ कुरा

7-both-new-samsung-phones-come-with-a-smart-manager-app-that-lets-you-clean-up-your-phone-with-the-press-of-a-button
बजेट स्मार्टफोन अर्थात् सुपथ मूल्यको स्मार्टफोनको बजार नेपाल जस्तो निम्न आय भएका उपभोक्ताको बाहुल्य रहेको ठाउँमा नफस्टाउने कुरै भएन । मध्यमवर्गीय उपभोक्ताका लागि समेत आफ्नो खल्तीको तातो सुहाउँदो उच्चकोटीका फोनहरु बजारमा उपलब्ध छन् आजकल । टिकाउ, भरपर्दो र आकर्षक स्मार्टफोन खरीद गर्नका लागि ठूलो रकम खर्चिनै पर्छ भन्ने छैन । तथापि सस्तो बेसाहाले पेट लाग्छ भन्ने उखानलाई भने हृदयंगम गर्नैपर्छ । सस्तो र राम्रो भनेर किनिएका स्मार्टफोनले छिटै धोका दिने खतरा समेत हुने भएकाले बजेट स्मार्टफोन खरीद गर्दा यी ५ कुरामा ध्यान पूराउनैपर्छ-
· बहुमुल्य स्मार्टफोन सँग तुलना नगर्नुस्- सस्तो मूल्यका स्मार्टफोन किनेर चलाउने धेरै उपभोक्ताको सोँचाइ हुन्छ की सस्तो स्मार्टफोनहरु हाइ इण्ड अर्थात् उच्च मुल्यका स्मार्टफोनकै अलिकति कमसल संस्करण हुन् । यस्तो सोँचाइका कारण बजेट स्मार्टफोन प्रयोगकर्ताको अपेक्षा समेत चुलिएको हुन्छ र उनीहरुले सस्तो स्मार्टफोन किनिसकेपछि त्यसको कमजोर गुणस्तर तथा कामलाई लिएर गुनासो गरिरहेका हुन्छन् । यद्यपि शाओमी रेड्मी नोट तथा युरेका जस्ता बजेट स्मार्टफोनहरुले उच्च मूल्यका अन्य स्मार्टफोनहरुको हाराहारीमै गुणस्तरीयता प्रदान गर्न सफल भएका छन् तथापि अन्य बजेट स्मार्टफोनहरु भने हाइ इण्ड स्मार्टफोनको फिचर तथा गुणस्तरीयता भन्दा निकै तल छन् । त्यसैले बजेट स्मार्टफोन किनिरहँदा तपाइँले केही कुरामा सम्झौता गर्नैपर्छ, जस्तो स्क्रिन रिजोलुसन, प्रोसेसरको प्रकार तथा स्पीड, र्याम, क्यामरा क्वालिटी तथा ब्याट्रीको आयु आदि ।
· आफुले चाहेका फिचर्स दुइपटक चेक गर्नुस्- आखिर सस्तो मूल्यमा उपभोक्तालाई स्मार्टफोन बेच्नुपरेपछि स्मार्टफोन निर्माता कम्पनीले धेरै फिचर्स उपलब्ध गराउने कुरै भएन । कागजमा भनिएपनि सो अनुसारका फिचर्स मोबाइलमा उपलब्ध नहुन सक्छन् । कतिपय फिचर्सहरु नभएको कुरा यदि राम्रोसँग जाँच गर्नुभएन भने थाहै हुँदैन । ४ जिबी इन्टरनल स्टोरेज भनिएकोमा प्रयोग गर्न मिल्ने २ जिबी मात्र हुन्छ भने ४.७ इन्च स्त्रिmनमा केवल ८०० गुणा ४८० पिक्सेल रिजोलुसन मात्र हुन्छ । क्यामरामा अटोफोकस नहुन सक्छ । त्यस्तै स्मार्टफोनमा वाइफाइ डाइरेक्ट, एनएफसी वा ब्लुटुथको पछिल्लो संस्करण फोर नहुन पनि सक्छ । त्यसैले स्मार्टफोन खरीद गर्दा यी कुरा जाँच गरेर मात्र पैसा तिर्नुहोस् ।
· हार्डवेयर कस्तो छ ? : स्मार्टफोन खरीद गर्दा खरीद गर्ने स्मार्टफोनको हार्डवेयर सम्पूर्ण रुपमा जाँच गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । प्रोसेसर, र्याम तथा स्टोरेज क्यापासिटी राम्रोसँग चेक गर्नुपर्छ । त्यसका साथै डिस्प्ले साइज तथा रिजोलुसन, कनेक्टिभिटी अप्सन तथा ब्याट्री क्यापासिटी तथा आयु पनि जाँच गर्नुपर्छ । साथै आफुले खरीद गर्ने फोनको बाहिरी ढाँचा, पोर्ट तथा बटनहरुको अवस्थिति चित्त बुझ्ने नबुझ्ने कुरा टुंगो लगाउन बिक्रेताकहाँ राखिएको डेमो अर्थात् नमूना स्मार्टफोन राम्रोसँग अवलोकन तथा परीक्षण गर्नुपर्छ ।
· अपरेटिङ सिस्टम चेक गर्नुहोस्- बजारमा बजेट स्मार्टफोनको रुपमा कैयन् एन्ड्रोइड, विन्डोज तथा ब्लाकबेरी फोनहरु उपलब्ध छन् । त्यसैले फोन खरीद गर्नुपहिले उक्त फोनको अपरेटिङ सिस्टम कुन हो ? र आफुलाई कुन अपरेटिङ सिस्टमको फोन खरीद गर्नुपरेको सोही बमोजिमको स्मार्टफोन खरीद गर्नुहोस् । साथै अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण छ छैन र त्यो सहज रुपमा अपडेट गर्न सकिन्छ सकिँदैन भन्ने कुरा पनि परीक्षण गरेर मात्र स्मार्टफोन खरीद गर्नुपर्छ । साथै पि्र इन्स्टल्ड एपहरु के के छन् र आफुलाई आवश्यक नपर्ने त्यस्ता एपलाई हटाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा पनि परीक्षण गर्नुपर्छ ।
· वारेन्टी तथा अन्य सेवा सुविधा- धेरैजसो स्मार्टफोनहरु खरीद गर्दा एक वर्षको वारेन्टी पाइन्छ सामान्यतया । तर यदि तपाइँले खरीद गर्ने स्मार्टफोनको सर्भिस सेन्टर अर्थात् आधिकारिक मर्मत केन्द्र नजिक छैन भने त्यस्तो वारेन्टीको अर्थ रहँदैन । त्यसैले आफुले खरीद गर्ने स्मार्टफोनको सर्भिस सेन्टर कहाँ कहाँ छ र आफुलाई पायक पर्छ कि पर्दैन ? भन्ने कुरा राम्रोसँग जान्नुपर्छ । धेरै बजेट स्मार्टफोनहरु एकपटक बिगि्रसकेपछि मर्मत गर्नै नसकिने खालका पनि हुन्छन्, त्यसैले युज एण्ड थ्रो खालको स्मार्टफोन हो वा मर्मत गरेपछि चलाउन सकिन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ ।

source- onlinekhabar.com

0 comments

Write Down Your Responses