पिज्जाले बचायो ज्यान

संसारमा फाष्ट फुड पिज्जाको आफ्नै क्रेज छ । इटालीबाट शुरु भएको पिज्जाले अहिले विश्वभरका फाष्टफुड अनि रेष्टुराँमा पकड जमाएको छ । स्वादिलो पिज्जाले हरेक उमेर समूहका मानिसलाई मुग्ध बनाउँछ नै ।pizzahut
पिज्जाले मानिसको टेष्ट बड्लाई जसरी उक्साउँछ त्यसरी नै पिज्जाकै कारण कसैको जीवन बच्यो भनेको सुन्दा आश्चर्य लाग्छ नै । यस्तै भएको छ अमेरीकाको फ्लोरिडामा । फ्लोरिडामा एक महिलाले पिज्जाको अर्डर गरेर आफ्नो र आफ्ना तीन सन्तानको ज्यान बचाइन् ।
मे ४ तारिखको सोमबार वम चेरिल ट्रेडवे र उनका तीन सन्तान उनको प्रेमी इथान निकरसन अपहरणमा परे । ट्रेडवेका छोराछोरी भोकले आत्तिन थालेपछि खाना बनाउन निकरसनसंग आग्रह गरिन् । तर निकरनसले खाना नदिएपनि उनीहरुको जिन्दगीको अन्तिम पिज्जा बनाउन भने अनुमति दिए । यतिमात्र होइन उनले चेरिललाई पिज्जा अर्डर गर्नका लागि टेलिफोन नम्बर समेत दिए ।
pizza saved lifeआपतको बेलामा पनि चेरिलको दिमागले काम गर्न शुरु गर्छ । उनले पिज्जा कम्पनीको एप खोल्छिन् । त्यसपछि पिज्जाको अर्डर गर्दै कमेन्द बक्समा लेख्छिन् – “प्लीज हेल्प । गेट ९११ टु मी ।” ९११ अमेरिकाको नेशनल हेल्पलाइन नम्बर हो । चेरिलले चलाखीपूर्ण तरिकाले पिज्जाको अर्डर गर्दै आफू र आफ्ना बच्चालाई बचाउन अपील गरिन्, जसको बारेमा निकरसनले चालै पाएनन् ।
त्यसपछि पिज्जा हटका कर्मचारीले चेरिलको सन्देश तुरुन्त प्रहरीसमक्ष पु¥याएपछि बन्धक बनाइएको स्थानमा पुग्यो । प्रहरीले २० मिनेटसम्म निकरसनसंग सम्वाद गरेपछि निकरसनले आत्मसमर्पण गर्न राजी भए । त्यसपछि चेरिल र उनका तीन बच्चाको ज्यान बच्यो ।
pizzaaaaaa

0 comments

Write Down Your Responses