फेसबुकबाट चरित्र हत्या गर्ने रौनियार पक्राउ

फोटो :फाइल फोटो
काठमाडौं : सामाजिक सञ्जाल फेसबुकमा नक्कली एकाउन्ट बनाएर आफ्नै महिला साथीको चरित्र हत्या गर्ने एक युवकलार्इ प्रहरीले पक्राउ गरेको छ ।

नक्कली एकाउन्ट बनाएर महिला साथीको तस्बिर, भिडियो र धम्कीपूर्ण सन्देश पठार्इ मानसिक यातना दिएको आरोपमा प्रहरीले जनकपुर नपा-५ बस्ने २८ वर्षीय सन्तोषकुमार रौनियार प्रहरीको फन्दामा परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले रौनियारलार्इ काठमाडौंबाट जेठ १ गते दरबारमार्गबाट पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको छ ।

रंगेहात पक्राउ रौनियारविरुद्ध विद्युतीय कारोबार एनअन्नतर्त आवश्यक कारबाही थालिएको अपराध महाशाखाले जानकारी दिएको छ ।

source- annapurnapost.com

0 comments

Write Down Your Responses