कहाँ छन् आठ लाख त्रिपाल ?

काठमाडौं,जेठ ४ – शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरुले दुई साताभित्र साढे आठ लाख थान टेन्ट, त्रिपाल र तारपोलियन भित्राएका छन् । तर, ती सामान भूकम्पपीडित नागरिकले बजारबाट सहजै सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ । सरकारले नागरिकलाई सहुलियत दरमा टेन्ट र त्रिपाल खरिद गर्न दिने सुविधा दिए पनि व्यवसायीले त्यसको दुरुपयोग गरेका छन् । केही स्थानमा व्यवसायीले त्रिपाल र पाल लुकाएको घटना बाहिर आएको छ । यसले भन्सार छुटमा भित्राएका त्रिपाल र पालमा कतिपय व्यवयसायीले बढी मूल्य असुली कालोबजारी गरेको पाइएपछि आइतबार भन्सार विभागले त्यस्ता व्यबसायीमाथि निगरानी राख्न पत्राचार गरेको छ । व्यापारीले त्रिपाल र टेन्ट सहजै नदिई लुकाएको आशंकामा स्थानीयले राजधानीकै बालाजु , थलीलगायत स्थानमा पसल कब्जामा लिने प्रयास गरेपछि प्रहरी परिचालन गर्नुपरेको घटनालाई समेत आधार बनाई भन्सार विभागले यस्तो पत्राचार गरेको हो । भन्सारको पत्रमा तीन सय ३४ वटा व्यापारीक कम्पनी तथा फर्ममाथि निगारनी राख्न भनिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । -

source-  ratopati.com

0 comments

Write Down Your Responses