दुई सय वर्ष पुरानो ४ सय किलो रुद्राक्ष भेटियो

३१ वैशाख, काठमाडौं । राजधानीको त्रिपुरेश्वरमा रहेको महादेव मन्दिरमा दुई सय वर्ष पुरानो करिब चार सय किलो रुद्राक्ष भेटिएको छ । पूर्णरुपमा क्षतिग्रस्त भएकोे स्टोर कोठाबाट सो परिमाणको रुद्राक्ष निकालिएको हो ।
मन्दिरको भग्नावशेषमा भेटिएको रुद्राक्ष पोको पारेको अवस्थामा
मन्दिरको भग्नावशेषमा भेटिएको रुद्राक्ष पोको पारेको अवस्थामा
मन्दिर व्यवस्थापन र प्रहरीले उक्त रुद्राक्षलाई सुरक्षितरुपमा राख्न केन्द्रीय गुठीमा पठाउन बोरामा शिल गरेर राखेको छ । यही वैशाख १२ गते गएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो ।
‘ध्वस्त भएको स्टोररुमबाट सेना र प्रहरीले मन्दिर स्थापना (१९७७) ताकाका करिब चार सय किलो रुद्राक्ष निकालेका छन्,’ मन्दिरका पुजारी विश्वनाथ भट्टले अनलाइनखबरसँग भने, ‘आफैमा रुद्राक्ष त्यसमाथि दुईसय वर्ष पुरानो यसको महत्वको बारेमा के भनिरहनु पर्ला र ?’

source- onlinekhabar.com

0 comments

Write Down Your Responses