अमिताभको सुटिङस्थलमा गोली चल्यो

मुम्बई । मुम्बइको गोरेगाउँस्थित फिल्मसिटीमा अभिताभ बच्चनको सुटिङ हुँदै गरेको ठाउँमा गोली चलेको छ । सुटिङ भईरहेको ठाउँमा मोटरसाईकलमा आएका दुइजनाले गोली चलाउँदा सुरक्षा एजेन्सीका मालिक गम्भिर घाइते भएका छन् ।
घटना भए लगत्तै अमिताभ बच्चनले ट्वीट गर्दै भनेका थिए ‘गिरोहको गोलवारीमा एकको मृत्यु ।’ भारतीय प्रहरीका अनुसार मुम्बईको लोकपि्रय सुटिङस्थलमा करिब दिउँसो दुई बजे गोली चलेको थियो ।amitabh-and-jaya
गोलीकाण्डमा सुरक्षा एजेन्सी मालिक राज सिन्धेलाई दुई ठाउँमा गोली लागेको छ । उनको नानावति अस्पतालमा उपचार भईरहेको छ । सिन्धे शिबसेनाको फिल्म एकाई ‘चित्रपट सेना’ का पदाधिकारी पनि हुन् ।

,

0 comments

Write Down Your Responses