जसले फेसबुकलाई बेचिनबाट बँचाए

face-book
सिलिकन भ्यालीको सबैभन्दा तिव्र प्रगति गरिरहेको भेन्चर क्यापिटल र्फम हो एन्ड्रेसेन होरोविज र त्यसका सहसस्थापक हुन् मार्क एन्ड्रेसेन । मार्क एन्ड्रेसेनका लागि फेसबुक विशेष छ । किनकी उनल गरेको सबैभन्दा ठूलो लगानी मध्येको एक फेसबुक पनि हो ।
फेसबुकसँग उनको सम्पतिको नाता मात्र छैन, भावनात्मक नाता पनि छ । किनी एन्ड्रेसेन उनै व्यक्ति हुन् जसले फेसबुकलाई बेचिनबाट जोगाएका थिए ।
न्युर्योकरले हालै प्रकाशित गरेको प्रोफाइल अनुसार मार्क एन्ड्रेसेन अन्ततः फेसबुक सस्थापक मार्क जुकरबर्गका भाग्य विधातानै सावित भए ।
सन् २००६ मा याहुले १ अर्ब डलरमा फेसबुक खरीद गर्ने प्रस्ताव राखेको थियो । स्थापनाको दुइ वर्षकै अवधिमा निकै मोटो रकमको प्रस्ताव आएपछि त्यतिबेला फेसबुकमा सबैभन्दा धेरै लगानी रहेका एसेल पार्टनर्सले २२ वर्षे जुकरबर्गलाई याहुको प्रस्ताव स्विकार गरी फेसबुक बेच्न सल्लाह दिए । जुकरबर्ग पनि एसेलकै सल्लाह अनुसार फेसबुक बेच्ने मनस्थितिमा पुगेका थिए । तर एन्ड्रेसेनले भने जुकरबर्गलाई फरक सल्लाह दिए र फेसबुक नबेच्न आग्रह गरे ।
एन्ड्रेसेनले भनेका छन्, ‘फेसबुकसँग आबद्ध हरेक मानिसले जुकरबर्गलाई याहुको अफर स्विकार गर्न आग्रह गरेका थिए । २२ वर्षे ठिटोमाथि सबैले सिर्जना गरेको मनोवैज्ञानिक दबाब निकै ठूलो थियो । मार्क र म त्यसबेला एकट्ठा भयौँ किनकी मैले उनलाई भनिरहेँ, नबेच, नबेच, बेच्दै नबेच ।’
अन्ततः जुकरबर्गले एन्ड्रेसेनकै सल्लाह माने अनि फेसबुक याहुलाई बेच्न अस्विकार गरे ।
आफुलाई सही समयमा सही सल्लाह दिने एन्ड्रेसेनप्रति जुकरबर्ग नतमस्तक छन् । उनी भन्छन्, ‘जब कुनै कम्पनीहरु आफ्नो भिजन अनुसार राम्रोसँग काम गरिरहेका छन् भने त्यस्ता कम्पनीहरुले मानिसले सोचेभन्दा बढि प्रभाव पार्नसक्छन्, केवल व्यवसायमा मात्र होइन मानवीयताको प्रवर्धनमा भन्ने कुरामा एन्ड्रेसेनको निकै गहन विश्वास थियो ।’
सन् २००६ मा एक अर्ब डलरमा झण्डै बेचिसकेको फेसबुक अहिले २ खर्ब डलरको बनिसकेको छ । जुकरबर्गलाई निकै हितकारी सल्लाह दिने एन्ड्रेसेन सन् २००८ मै फेसबुकको बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएका थिए । सायद जुकरबर्गले उनको गुन कहिल्यै बिर्सने छैनन् ।

,

0 comments

Write Down Your Responses