औषधि किन्न गएकी बालिकालाई डाक्टरले चेकजाँच गर्ने भन्दै जबरजस्ती गरेपछि…


rampurrape
एजेन्सी :विरामी परेपछि औषधि किन्न गएकी एक बालिकालाई डाक्टरसहित मिलेर चारजनाले सामुहिक बलात्कार गरेका छन् ।
शनिवार दिउँसो २ बजेतिर क्लिनिकमा औषधि किन्न गएकी १५ वर्षीय बालिकालाई चेकजाँच गर्ने भन्दै क्लिनिकको वेडमा सुताएर डाक्टरले आफ्ना ३ जना साथीसमेत बोलाई बन्धक बनाएर जबरजस्ती बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
बालिकाका आमाबुबा विरामी आफन्तहरुको हेरचाह गर्न त्यो बेला दास्रो सहर गएका थिए । एक्कसी सञ्चो नभएपछि ति बालिका नजिकैको झोलाछाप डाक्टरको क्लिनिकमा औषधि ल्याउन गएकी थिईन् ।
किशोरीलाई एक्लै देखेर ति झोलाछाप डाक्टरले फोन गरेर आफ्ना तिन साथीलाई पनि बोलाएका थिए । आरोप अनुसार क्लिनिकको ढोका बन्द गरेर चारै जनाले बालिकाको कानमा धारिलो हतियार राखेर बन्धक बनाए ।
त्यसपछि पालैपालो शारीरिक सम्बन्ध राखेका थिए । त्यतीमात्रै होइन कसैलाई बताए मारिदिने धम्की समेत दिएका थिए । चारजनाको सिकार भएकी ति बालिकाले वेलुका घर आएर सबै कुरा आफ्नो आमालाई भनेकी थिईन् ।
घटना थाहा पाएपछि ति बालिकाका परिवारले झोलेछाप डाक्टर जलिसविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । अहिले प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थप अनुसन्धान गरी अदालतमा उभ्याईने प्रहरी इन्सपेक्टर एस चौहानले जानकारी दिनुभयो । चारैजनालाई आजिवन कारावासको सजाय हुने छ । यो घटना भारतको रामपुरको हो ।

0 comments

Write Down Your Responses