भूकम्पका बेला कारागारबाट फरार अभियुक्त पक्राउ

३१ वैशाख, पाल्पा । भूकम्प आएको मौका पारी कारागारबाट फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ । फरार सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
तानसेन नगरपालिका ११ प्रभासका २३ वर्षका सुजनले २०७० साल पौष २३ गते अन्य दुइ जनासँग मिलेर आˆनो दाई २५ वषिर्य सुदिप
कोइरालाको हत्या गरेका थिए ।
उनले दाजुको हत्या गरी मस्याम ४ मा रहेको केराबारीको भिरमा लगेर फालेका थिए । गत १२ गते आएको महाभुकम्पका बेला सुजन सिन्धुपाल्चोक कारागारबाट भागेका थिए । भुकम्पले सिन्धुपाल्चोक कारागारमा पनि क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरिक्षक प्रकाश सिंखडाको नेतृत्वमा गएको प्रहरीको टोलीले बुधबार रुपन्देहीबाट पक्राउ गरेको हो ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ को देवीनगरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको पाल्पाका प्रहरी नायव उपरिक्षक सुमनकुमार तिमल्सेनाले जानकारी दिए ।
अभियुक्त सुजनलाई जिल्ला अदालत पाल्पाले सर्वस्व सहित २० वर्ष कैदको फैसला सुनाएको थियो ।
मिलन विश्वकर्माबाट

source- onlinekhabar.com

0 comments

Write Down Your Responses