बुधबार पनि दोलखामै धेरै भूकम्प (१४ कम्पन)

काठमाडौं, वैशाख ३१ – राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार साँझ पौनै छ बजेसम्म चार रेक्टर स्केल माथिका १४ वटा भुकम्प रेकर्ड गरेको छ । तेस्रो ठूलो भूकम्प गएको दोस्रो दिन बुधबार पनि दोलखा केन्द्र विन्दु भएका धेरै भूकम्पहरु गएका छन्। 
dolakha
मंगलबार १२:५० मा दोलखा केन्द्र विन्दु भएको ६.८ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यसको लगत्तै ६.२ र५.८ रेक्टर स्केलका भुकम्प गएका थिए ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार आएको भुकम्पको संख्यालाई स्वभाविक भनेका छन् । ‘हिजो आएको ठूलो पराकम्पनका पनि पराकम्पनहरु आएका हुन । र, यो स्वभाविक हो’, उनले भने, ‘साना पराकम्पनहरु आइरहन्छन् ।’ तर उनले हिजो अनुमान विपरितको ठूलो भुकम्प आएको बताए ।
१२:३४ मा ४.६ रेक्टर स्केलको दोलखा केन्द्र विन्दुमा अर्को भुकम्प गएको थियो । यसैगरी २:३० मा ४.३ रेक्टर स्केलको दोलखा केन्द्र विन्दु, ४.५ रेक्टर स्केलको ४:४४ मा दोलखा केन्द्र विन्दुकै अर्को भुकम्प आएको छ ।
बिहान ४:३८ मा दोलखा केन्द्र विन्दुको  ४.३ रेक्टर स्केलको, दोलखा केन्द्र विन्दुको बिहान ८:०८  बजे ४.४ रेक्टर स्केलको, बिहान ८:२८ बजे दोलखा केन्द्र विन्दुमा ४.४ रेक्टरको, दोलखा केन्द्र विन्दुमा पछिल्लो पटक १०:३३ बजे ४.६ रेक्टर स्केलको भुकम्प गएको छ । यसपछि दिउँसो १२:३८ मा ५.१ रेक्टर स्केलको दोस्रो ठूलो भुकम्प गएको थियो ।
बुधबार रेकर्ड गरिएकामध्ये ४.५ रेक्टर स्केल माथिका ८ वटा र चारदेखि चार दशमलव पाँचसम्मका ६ वटा भुकम्प गएका छन् । यीमध्ये ९ वटा भुकम्पको केन्द्रविन्दु दोलखा छ । केहीको केन्द्र विन्दु दोलखा सिन्धुपाल्चोक सिमाना, धादिङ, काठमाडौ र दोलखा–तिब्बत सिमाना छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses