सपिङ गरेर लाखौ कमाउछिन यि युवती (भिडियोसहित)
तपाई पैसा कमाउनका लागि धेरै परिश्रम गर्नुहुन्छ । पदोन्नति र इन्क्रीमेन्टका लागि दिनरात एक गर्नुहुन्छ । तर, एउटी युवती यस्ती छन् जो मात्र सपिङ गरेर लाखौ कमाइरहेकी छन् । आश्चर्यमा नपर्नुस यो सतप्रतिशत सत्य हो । हामी कुरा गरिरहेका छौ १८ वर्षीया युवती बेथनी मोटाको । जो अमेरिकामा बस्छिन् ।

मोटाको कुनै व्यापार छैन । न त उनी कतै जागिर नै खान्छिन् । तैपनि उनी हरेक महिना लाखौ कमाइरहेकी छन् । मोटा सपिङ गर्छिन् र त्यसको भिडियो बनाएर युट्युवमा अपलोड गर्छिन् । तपाई यो थाहा पाएर हैरान हुनु भयो होला कि मोटा अमेरिकाको चर्चिच म्यागजिन भोगभन्दा पनि बढी चर्चित छिन् । र, उनको लेडी गागाको भन्दा पनि बढी फलोअर छन् । यति मात्र होइन उनको नाममा कपडा र गहनाको ब्राण्ड नै बनिसकेको छ। उत्तर क्यालिफोर्निया निवासी मोटा १४ वर्षको उमेरबाटै सपिङ जाने गरेकी हुन् ।

सपिङ उनको हबी नै हो । त्यही हबी उनलाई हरेक महिना लाखौ डलर कमाउने माध्यम बनेको छ। र, यसको सबै श्रेय युट्युबलाई जान्छ । युट्युबमा उनको च्यानलमा ५० लाख फलोअर छन् । बेथनी युट्युवमा …..को ट्यागलाइनबाट भिडियो अपलोड गर्छिन् । बेथनी सपिङका क्रममा जे किने पनि त्यसको भिडियोको माध्यमबाट युजरलाई बताउछिन् ।
युट्युवका साथै बेथनी इन्स्टाग्राममा पनि छाएकी छन् । जहाँ उनी आफ्नो सपिङको फोटो अपलोड गर्छिन् । इन्स्टाग्राममा उनका २० लाख भन्दा बढी फलोअर छन् । यो संख्या म्यागजिन भोग र फेशन ब्रान्डस एल, मेरी क्लेयर, ग्ल्यामर र कस्मोकोभन्दा बढी हो। बेथनी यति चर्चित छन् कि विशेषगरी टिनएजर्सका लागि बनेका मल स्टेपल एयरोपोस्टेलले उनको नाममा कपडा र गहनाको ब्राण्ड बनाएको छ। तपाईलाई जानकारी गराऔं कि बेथनीलाई स्कुले बच्चाले पनि जिस्काउँथे । त्यसपछि उनले युट्युवलाई आफ्नो साथी बनाइन् । उनी भन्छिन्–म कसैसँग कुरा गर्न चाहन्न थिएँ । म आफ्नो घर छोडेर बाहिर निस्कन पनि चाहन्थेँ र फेरी मैले युट्युबलाई आफ्नो साथी बनाएँ । जुन यस्तो स्थान थियो जहाँ म रहन सक्थेँ ।
यति अपार सफलताका बावजुद बेथनी अहिले पनि अनलाइन सेलिब्रेटी हुन् । अहिलेसम्म उनी कहिल्यै पनि रेडकार्पेटमा उत्रेकी छैनन् । उनी भन्छिन्–जब मसँग खाली समय हुन्छ तब म आफ्नो ओछ्यानमा ढल्केर युट्युव भिडियो र फिल्म हेर्न रुचाउछु । बेथनी हरेक महिना लाखौ डलर कमाइरहेकी छन् । तैपनि उनको खुट्टा जमिनमै छ । बेथनी भन्छिन्–म स्वयमप्रति इमान्दार छु र म युट्युव च्यानलमा जस्तो देखिन्छु, वास्तविकतामा पनि त्यस्तै छु । एजेन्सी

0 comments
Write Down Your Responses