स्वदेशका पतिसँग माफी माग्दै रिनाले प्रेमीसँगै आत्महत्या गरिन्

काठमाडौं । वैदेशिक रोजगारीमा गएका परिवारको पारिवारिक सम्बन्धमा दरार आउन लागेको भन्दै चिन्ता व्यक्त भइरहँदा कतारमा एक प्रेमी जोडीले आत्महत्या गरेका छन् ।

वैदेशिक रोजगारीमा गएका पति परस्त्रीसँग र स्वदेशमा रहेका पत्नि परपुरुषसँग लागेर पतिपत्निबीचको सम्बन्धमा दरार आउने क्रम बढेको भन्दै मुलुकमा चिन्ता छाइरहेका बेला बैदेशकि रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगरले आफ्ना प्रेमीसँगै आत्महत्या गरेकी हुन् ।

 आफ्नो पतिलाई स्वदेशमा छाडेर कतार पुगेकी रिनाको सम्बन्ध कास्की घर भइ कतारमै रहेका श्याम थापासँग गाँसिन पुगेको बताइएको छ । थापासँगको प्रेममा परेपछि रिनाले नेपालमा रहेका आफ्ना पतिलाई टेलिफोन गरी आफूले गल्ति गरेको भन्दै सबै कुरा बताएकी थिइन । अझ रिनाको प्रेममा परेका थापाले पनि उनको पतिलाई फोन गरेर आफूहरुले गल्ती गरेको भन्दै माफी मागेका थिए ।

 आफ्नी पत्निको रुवाबासी सहित गल्तीप्रति माफी मागेको सुन्दा रिनाका पति सञ्जय थापाले उसैसँग विवाह गरेर खुसीसाथ बस्दा आफूलाई कुनै आपत्ति नहुने बताएका थिए । रीना र उनका प्रेमी दुबैले रीनाका पति सञ्जयलाई रुँदै फोन गरेर आफूहरुले गल्ती गरेको हुँदा आत्महत्या गर्न लागेको बताएपछि सञ्जयले त्यसो नगर्न र विवाह गरेर खुसीसाथ बस्न आग्रह गरेका थिए ।


 तर सफाइ मजदुरमा कार्यरत रीना र सेक्युरिटी गार्डमा कार्यरत श्याम थापा दुवै जना कतारको एक होटेलमा मृत अवस्थामा भेटिएका कतारमै कार्यरत सुजन केसीले जानकारी दिएका छन् । उनका अनुसार उनीहरुको शव कतारकै हामद अस्पतालमा राखिएको छ । यद्यपी घट्ना आत्महत्या नै हो वा होइन भन्ने बारेमा कतार प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

0 comments

Write Down Your Responses