अनलाइन मार्फत् भूकम्प पीडितलाई सहयोग गर्न सकिने ब्यवस्था


काठमाण्डौ । सरकारले अनलाइन मार्फत् भूकम्प पीडितलाई सहयोग गर्न सकिने ब्यवस्था मिलाएको छ ।  प्रधानमन्त्री दैविक प्रकोप उद्धारको कोषको आधिकारिक वेभसाइट http://pmrelief.opmcm.gov.np मा गएर भिसा र एससिटी कार्डबाट अनलाइन मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ  । जम्मा हुने रकमबाट भूकम्पबाट पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्थापनाका साथै क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न दाताहरुले निम्न बैंक खातामा पनि जम्मा गर्न सकिने छ ।
नेपाल बैंक लिमिटेड काठमाडौंको खाता 00211053313, SWIFT code: NEBLNPKA
स्टाण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको खाता 18013243801, SWIFT Code: SCBLNPKA
नेपाल बंगलादेश बैंक लिमिटेडको खाता 035141C, SWIFT Code: NPBBNPKA
एभरेष्ट बैंक लिमिटेडको खाता 00101102200012 र 00100-105200270, SWIFT Code: EVBLNPKA
ग्लोबल बैंक लिमिटेडको खाता 0411010000005, SWIFT Code: GLBBNPKA
मा रकम जम्मा गर्न सक्ने छन् ।

0 comments

Write Down Your Responses