बारामा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
दुर्घटनामा दुई दर्जन जति घाईते भएका छन् । काठमाण्डौ बाट सर्लाही जादैगरेको ना ४ ख ४५१६ नम्वरको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थालमानै मृत्यु भएको हो ।
मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएकाहरुको विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पातलमा उपचार भैरहेको छ । तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।


0 comments
Write Down Your Responses